काठमाडौं २३ भदौ । काठमाडौँमा जारी प्रदर्शनकारी जेनजी संसद् घेराउ गर्न पुगेपछि थप सुरक्षा दिन जाँदै गरेको सशस्त्र प्रहरीको गाडी फर्काइएको छ।
सडक नै कब्जा गर्दै प्रदर्शनकारीले बाटो छेकेपछि सशस्त्रको गाडी रोकिएको थियो।
उक्त गाडी र गाडीमा रहेका सशस्त्रलाई लिन सेनाको एक गाडी र प्रहरीको गाडी पुगेको थियो। तर ती सबै गाडी त्यहीँबाट फर्किएका छन्। प्रहरी र सेना अहिले हिँडेरै संसद् भवनतर्फ जाने तयारी गरेका छन्।
बानेश्वर क्षेत्रमा प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको छ।
सशस्त्र प्रहरीको गाडी प्रदर्शनकारीले नियन्त्रणमा लिएपछि थप बल परिचालन गरिएको छ।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको थप बल परिचालन गरे पनि प्रदर्शनकारीबाट गाडी छुटाउन सुरक्षा फौज सफल भइरहेको छैन।
यस क्षेत्रमा थप केहीबेर तनाव भएको थियो।
प्रदर्शनकारी पलेँटी कसेर सडकमै बसेपछि सुरक्षा निकायका गाडी अगाडि बढ्न सकेका छैनन्।
प्रदर्शनकारी जेनजीको भिड छिचोलेर जान नसकेपछि सशस्त्र प्रहरीको चारवटा गाडी थापा गाउँबाट नयाँबानेश्वरतर्फ जाने चोकमै रोकिएको छ। अहिले रोकिएको गाडीसहितका सशस्त्र प्रहरी लिन नेपाली सेनाको गाडी पुगेको छ।
प्रदर्शनकारीले सशस्त्रका चारवटा गाडी घेरा हालेर रोकेका छन्।
जेनजीको घेरामा रहेका सशस्त्र लिन सशस्त्रकै अन्य तीनवटा गाडीसहित सुरक्षा फौज पुगेको छ। प्रदर्शनकारीले नयाँबानेश्वरस्थित थापा गाउँमा सशस्त्रको एउटा गाडी घेरा हालेर रोकेका थिए।
अहिले उक्त गाडी र गाडीमा रहेका सशस्त्रलाई लिनका लागि थप ५ वटा गाडीसहित सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रदर्शनकारीले भने रोक्ने प्रयास गरिरहेका छन्।








प्रतिक्रिया दिनुहोस्