ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनका राष्ट्रपति जेलेन्सीद्वारा रुसी राष्ट्रपति पुटिनले गरेको वार्ताको प्रस्ताव अस्वीकार


abc news
भाद्र २३, २०८२ सोमबार  ७ : ५० बजे

काठमाडौ २३ भदौ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मस्कोमा वार्ताका लागि आएको प्रस्ताव अस्वीकार गर्नुभएको छ । अमेरिकी टेलिभिजन एबीसी न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा दैनिक मिसाईल आक्रमण भइरहेकोले आफू रुसको राजधानी मस्को जान नसक्ने बताउनुभएको छ ।

उहाँले रुसी राष्ट्रपति पुटिन आफैं युक्रेन आउन सक्ने विकल्प दिनुभएको छ । जेलेन्स्कीले पुटिनलाई वास्तवमा शान्ति र वार्ता चाहेको नभइ समय लम्ब्याउने खेल खेलिरहेको आरोप समेत लगाउनुभएको छ । यसअघि पुटिनले यदि जेलेन्स्की तयार भए मस्को आउन सक्ने र वार्ता हुन सक्ने बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै नेताबीच प्रत्यक्ष भेट गराउने प्राथमिकता व्यक्त गर्नुभएको छ । साथै जर्मन चान्सलर फ्रेडरिक मर्जसहितका युरोपेली नेताहरूले तत्काल द्विपक्षीय भेटवार्ता सम्भव नभएको टिप्पणी गरेका छन् । युक्रेनी विदेशमन्त्री आन्द्रिय सिबिहाले अस्ट्रिया, भ्याटिकन, स्विजरल्याण्ड, टर्कि र तीन वटा खाडी देशमा बार्ता गर्न सकिने बताउनुभएको छ ।

यसअघि हिजो मात्रै रुसले पहिलो पटक युक्रेनी सरकारी भवनमा आक्रमण गरेको थियो । रातभरको आक्रमणमा रुसले आठ सय पाँच ड्रोन र १३ वटा मिसाइल प्रहार गरेको युक्रेनको आरोप छ । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा दुई जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

दलहरुका पुराना वाचा के भए ? अब नयाँ चक्मा के दिंदैछन् ? (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com