ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज ‘जेन जी’ पुस्ताको प्रदर्शन :  घुसपैठ हुन सक्ने आङ्कलनसहित सुरक्षा व्यवस्था कडा


abc news

काठमाडौ २३ भदौ । जेन जी अर्थात् सन् १९९७ देखि २०१२ भित्र जन्मिएका २८ वर्षमुनिका युवा पुस्ताले आज काठमाण्डौमा प्रदर्शन गर्दैछन् । बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएर प्रदर्शन गर्ने उनीहरुको तयारी छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले उनीहरुलाई निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रदर्शन गर्न अनुमति दिएको जनाएको छ ।

विभिन्न व्यक्ति र समूहहरुले समेत ऐक्यबद्धता जनाएका कारण प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने भन्दै प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । गएको चैत १५ मा हिंसात्मक प्रदर्शन गरेर केही दिनअघि थुनामुक्त भएका दुर्गा प्रसाईंले पनि प्रदर्शनमा ऐक्यबद्धता जनाउनुभएको छ।

प्रशासनले घुसपैठ हुन सक्ने आङ्कलन गर्दै आयोजकहरुलाई सजक हुन भनेको छ । प्रहरीले कानूनविपरीतका क्रियाकलाप हुन नदिने भन्दै त्यहीअनुसार जनशक्ति परिचालन गर्ने जनाएको छ । सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ताले प्रदर्शन गर्न लागेका हुन् । उनीहरुले भ्रष्टाचार अन्त्यसहितका विषयलाई मुख्य नारा बनाएका छन् ।

युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएका छन् । कसैका बुवा ठूलो पदमा पुगेको आडमा छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले त्यस्ता छोराछोरीको विरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

सम्बन्धित

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com