ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ ३५ लाख धरौटीमा रिहा


abc news
भाद्र १९, २०८२ बिहीबार  ६ : १३ बजे

काठमाडौ १९ भदौ । मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ ३५ लाख धरौटीमा रिहा भएका छन्। गुरुङ कसुरदार होइनन् भन्ने अवस्था नदेखिएता पनि ८१ वर्षका जेष्ठ नागरिक रहेको र उनको स्वास्थ्य अवस्था, आरोपित कसुरको अवस्था, कसुरमा उनको संलग्नता र उनलाई हुन सक्ने सजायसमेत विचार गर्दा थुनामै राख्नुपर्ने नदेखिएको भन्दै अदालतले ३५ लाख रुपैयाँ धरौटी माग गरेको हो।

यसअघि प्रहरीले गुरुङलाई समेत प्रतिवादी बनाए पनि पक्राउ भने नगरी मुद्दा बुझाएको थियो। गुरुङ आफैँ अदालतमा उपस्थित भएपछि जिल्ला अदालत ललितपुरकी न्यायाधीश निर्मला योङयाको इजलासले बिहीबार धरौटीमा छाड्न आदेश गरेको हो।

मितेरी सहकारी ठगीमा १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ बिगो कायम गरिएको छ। यसमध्ये ३ करोड बढी कुम्भराजसहितको ज्योति भण्डारी र ज्योति गुरुङले ठगी गरेको आरोप छ।

ज्योति भण्डारी र सुवास खत्री पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। अर्का प्रतिवादी सुरेश अधिकारी भने ७ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।

कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी स्याङ्जाकी ४७ वर्षकी ज्योति गुरुङ, खोटाङका ४९ वर्षीय विजयकुमार राई, बाग्लुङका ३५ वर्षीय प्रदीप भन्ने प्रितम अधिकारी र सिन्धुपाल्चोकका ३३ वर्षका अर्जुन अराम फरार छन्।

सुवास खत्री र अर्जुन आरमलाई हुण्डीको कसुरमा पनि प्रतिवादी बनाइएको छ। उनीहरूले ६ अर्ब ७४ करोड ३२ लाख ६९ हजार ८९ रुपैयाँ २२ पैसा हुन्डीको कारोबार गरेको प्रमाण फेला परेको अभियोग पत्रमा दाबी गरिएको छ।

सुवास खत्रीलाई क्रिप्टो कारोबारमा २ हजार १४९ अमेरिकी डलर ९करिव ३ लाख रुपैयाँ० को कारोबार गरेको आरोप छ। उनलाई उक्त कसुरमा पनि प्रतिवादी बनाइएको छ। कसुर अनुसार सबै प्रतिवादीलाई छुट्टा छुट्टै बिगो कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com