ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई इनर्जी ड्रिङ्क्समा प्रतिबन्ध लगाउने तयारी


abc news
भाद्र १९, २०८२ बिहीबार  ६ : ०० बजे

काठमाडौ १९ भदौ । बेलायत सरकारले १६ वर्षमुनिका बालबालिकालाई इनर्जी ड्रिङ्क्समा प्रतिबन्ध लगाउने भएको छ । सरकारले १६ वर्षमुनिका बालबालिकालाई पसल, रेस्टुरेन्ट, क्याफे, भेन्डिङ मेशिन र अनलाइनबाट रेड बुल, मोन्स्टर र प्राइम जस्ता इनर्जी ड्रिङ्क्स किन्नबाट रोक्न कानून बनाउने योजना बनाइरहेको बीबीसीले जनाएको छ ।

धेरैजसो सुपरमार्केटहरूले स्वैच्छिक प्रतिबन्ध लागू गरेका भए पनि बेलायतका एक तिहाइ बालबालिकाले हरेक हप्ता यस प्रकारका इनर्जी ड्रिङ्क्स प्रयोग गर्ने गरेको मानिन्छ ।

यीमध्ये केही लोकप्रिय पेय पदार्थहरूमा दुई कप कफीभन्दा धेरै क्याफिन हुने गरेको छ । यिनीहरूको अत्यधिक प्रयोगले टाउको दुख्ने र निद्रा नलाग्ने समस्या निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन् । यस्तै धेरै क्याफिनले मुटुको धड्कन छिटो हुने, मुटुको असामान्य लय र हृदयघात निम्त्याउन सक्छ । दुर्लभ भए पनि अत्यधिक क्याफिनको प्रयोगसँग सम्बन्धित केही मृत्युहरू भएका छन् ।

स्वास्थ्य तथा सामाजिक हेरचाह सचिव वेस स्ट्रिटिङले अभिभावक, शिक्षक र बालबालिकाहरूले सरकारलाई यसबारेमा कदम चाल्न आह्वान गरेका बताउनुभएको खबरमा उल्लेख छ । इनर्जी ड्रिङ्क्समाथि प्रतिबन्धका लागि कुनै आधिकारिक मिति तय नगरिएको र लेबर पार्टीले पहिले वाचा गरेको यस संसद्को अन्त्यभन्दा अघि नै आउने सचिव स्ट्रिटिङले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com