काठमाडौ, १९ भदौ । एबीसी न्युजले सफलतापूर्वक १७ वर्ष पार गरिसकेको छ । गाउँ, सहर र दुनियाँ ब्युझाउने अभियानका साथ २०६५ भदौ १९ गतेबाट प्रशारण सुरु गरेको एबीसी न्यूज आज १७ वर्ष पुरा गरि १८ औं वर्षमा प्रवेश गरेको छ । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी भन्ने समाचारको मूल मन्त्रलाई आत्मसाथ गर्दै वितेका १७ वर्षमा टेलिभिजनले २४ सै घण्टा समाचार र समाचारमूलक तथा विश्लेषणात्मक कार्यक्रमहरु प्रशारण गरिरहेको छ ।गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल एबीसी न्यूज आजबाट १८ औं बर्षमा प्रवेश गरेको छ । आज भन्दा ठिक १७ वर्ष अघि गाउँ, शहर र दुनियाँ व्यूंझाउने अभियानका साथ भू–उपग्रह प्रणाली मार्फत् एबीसी न्यूज टेलिभिजनले प्रशारण सुरुआत गरेको थियो । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी भन्ने समाचारको मूल मन्त्रलाई आत्मसाथ गर्दै एबीसी न्यूजले २४ सै घण्टा समाचार र समाचारमूलक कार्यक्रमहरु निरन्तर प्रशारण गरिरहेको छ । २०६४ साल माघ २० गते सूचना तथा सञ्चार मन्त्रालयबाट प्रशारणको अनुमति पाएको एबीसी न्यूज टेलिभिजन हाल संसारका एक सयभन्दा बढी देशमा हेर्न सकिन्छ । टेलिभिजनलाई अहिले संसारभरका दर्शकले फेसबुक, ट्वीटर, यूट्युव र इन्टरनेटमार्फत प्रत्यक्ष हेर्न सकिन्छ । एबीसी न्युज बुलेटिन एबीसी नेपाल डट टीभी लगअन गरेर देश दुनियाका दैनिक गतिविधिदेखि टेलिभिजनको प्रत्यक्ष प्रसारणका लाइभ कार्यक्रमसमेत हेर्न पाइन्छ भने मन परेका कार्यक्रमको रेकर्ड समेत हेर्ने व्यवस्था मिलाइएको छ ।
टेलिभिजनको शुरुवाती यात्रा सहज भएपनि त्यसपछिको यात्रा भने निरन्तर संघर्षमय छ । संघर्षमय यात्राको चरणमा रहेको एबीसीप्रति आम दर्शकको माया र सद्भाव भने झन पछि झन झांगिदै गएको छ ।
विभिन्न चुनौतिको सामना गर्दै एबीसी टेलिभिजनले सबै क्षेत्रका व्यक्तित्वबीच आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । प्रशारणको १८ औं वर्ष प्रवेश गर्दा दशर्कको दायरा पनि बिस्तार भएको छ । एबीसी न्यूज टेलिभिजनले प्रसारणको १७ औं वर्षकोे अवधिमा आफुलाई फरक समाचार च्यानल तथा लाइभ टेलिभिजनको रुपमा स्थापित गर्न सफल भएको छ । बितेका १७ वर्षमा एबीसी न्यूज छिटो र सही समाचार सम्प्रेषण गर्न अभ्यासरत छ । विश्वका विभिन्न क्षेत्रका बिभिन्न घटनालाई सधैंभरि यसले आफ्नो क्यामेरामा कैद गरि दर्शकसामु प्रस्तुत गर्न सफल बनेको छ । एबीसी न्यूजले सबै समाचारहरुको गहिरो विश्लेषण गर्दै जनताको घरघरमा पुराउन सफल भएको छ ।
हाम्रा समाचार बुलेटिन प्रत्येक पलपलको घटनाक्रमसंग नजिक रहेका छन् । समाजको व्यतिथि, विसंगतिमाथि तिखो र विश्लेषणात्मक प्रहार गर्ने काम अपरेशन विग न्यूजले गरिरहेको छ । आलोचनात्मक चेतसहितको विश्लेषणात्मक विग न्यूजले १७ वर्षसम्म पनि पृथक भूमिका खेल्दै निरन्तरता दिन सफल भैरहेको छ । दैनिक सांझ ७ बजे विज्ञापनरहित समाचारको प्याकेज हट न्यूज एक्सप्रेसले दर्शकमा इन्स्ट्यान्ट प्रभाव पारेकै कारण आज हामी यो स्थानसम्म आइपुग्न सफल भएका छौं । राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विश्लेषणसहितको आउटलुक एबीसीको ब्राण्डका रुपमा स्थापित अन्तवार्ता कार्यक्रम बन्न सफल भएको छ भने गत वर्षदेखि देशलाई समृद्ध बनाउन आर्थिक पाटो मजवुद हुनुपर्ने कुरालाई ऊजागर गर्न आउटलुक विजनेश कार्यक्रम पनि थपिएको छ । आर्थिक पक्ष बलियो नभएसम्म राजनीतिक पक्षको कुनै जोड नचल्ने भन्दै आउट लुक विजनेस शुभारम्भ गरिएको हो । दैनिक रुपमा प्रसारण गरिने एबीसी वाचले दैनिक घटनामा केन्द्रित रहेर विश्लेषण गर्ने काम गरेको छ । देशमा उत्पन्न विशेष परिस्थिति तत्काल दर्शक सामू पस्कने उद्देश्यले एबीसी विशेष कार्यक्रम चलाइएको छ । यसले तत्कालका घटना परिघटना दर्शकसम्म पु¥याइरहेको छ ।
देश शिक्षित नभएसम्म देशलाई अघि बढाउन नसकिने कुरालाई मध्यनजर गर्दै शैक्षिक अवस्थाको जानकारी दिने इडियू ३६० कार्यक्रमको लोकप्रियता पनि उत्तिकै छ । स्वस्थ्य बा“च्न पाउने मानविय नैसगिक अधिकारलाई अगाडि बढाउदै आम सर्वसाधारणलाई स्वास्थ रहन सचेतना फैलाउने कार्यक्रम आवर हेल्थले स्वास्थ्य क्षेत्रमा एउटा छुटै पहिचान बनाउन सफल भएको छ । दैनिक क्रियाकलापसंग जोडिएको भान्सादेखि देशको अर्थतन्त्र चलायमन भलाकुसारी गर्ने विज टक पनि दर्शकको रोजाइमा पर्ने कार्यक्रम हो । त्यसैगरी नेपाली चलचित्र जगतका गतिविधि नियाल्ने फिल्मी फिल्मले दर्शकका फरक रुचि सम्बोधन गर्ने गरेको छ । आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक कृयाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउने भएकाले टार्गेज टुरिजमलाई पनि महत्वका साथ अघि बढाएको छ ।
हाम्रा समाचारले राजधानीलाई मात्र सम्बोधन गर्दैनन् । त्यो भन्दा बढी दुरदराजका घटनाक्रममा निगरानी गरिरहेका हुन्छन् । व्यूरो रिपोर्टरले यो भूमिका अनवरत निर्वाह गरिरहेको छ । समाजमा उच्च स्थान बनाएका जेष्ठ नागरिकको जीवनवृत्त झल्किने कार्यक्रम आत्मवृत्तान्त लोकप्रिय छ ।
अंग्रेजी भाषामा प्रसारण हुने डिस्कोर्षले विदेशी कुटनीतिज्ञहरुलाई समेत आकर्षित गरेको छ । हामीले प्रसारण गर्ने कुनै पनि समाचार र समाचारमूलक कार्यक्रमहरु आलोचनात्मक चेतले भरिएका र स्तरीय छन् भन्नेमा हाम्रो दावी संधै रहिरहनेछ ।
सुशासनलाई प्रत्याभूत गर्दै समृद्ध नेपाल सुखी नेपालीको नाराका साथ राज्यले बेथिति अराजकता कुशासन र भ्रष्टचारलाई नियन्त्रण गर्न सरकार क्रियाशिल छ, परिवर्तीत अवस्थामा जनताको भावनालाई सम्बोधन गर्न र मुलुकमा सुशासन सहित समृद्ध लोकतन्त्रको लागि एबीसीले खबरदारी गर्दै आएको छ । समाचार संकलनको पाटोसगै पीडितलाई उद्धार र राहत सुविधामा एबीसीले अभियान चलायो । मुलुकको सुशासन कायम गर्न राज्य संचालकहरुलाई जवाफदेही बनाउन तथा भ्रष्टाचारप्रति शुन्य सहनशीलताको संस्कृति बसाल्नै पर्ने दायित्व मिडियाको कांधमा आएको छ । सबैखालका विकृति, विसंगति र अहिले डरलाग्दो गरी राजनीतिक सिन्डिकेटका आधारमा झांगिएको नीतिगत र संस्थागत भ्रष्टाचारलाई उदाङ्गो पारेर निराश बन्दै गएका जनतामा आशाको दियो बाल्नै पर्दछ । एबीसीको अबको मिशन भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अवलम्वन गर्दै समृद्धिको बाटो तय गर्न राजनीतिक दलहरुमाथि दबाब सिर्जना गर्नु नै हो ।
आफ्नो मुल मन्त्रअनुसार नै तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय समाचार सम्पं्रेषण गर्नु एबीसी न्युजको मुख्य विशेषता हो, यही मन्त्रको निरन्तरताका कारण एबीसी टेलिभिजनले टेलिभिजन च्यानलहरुमा अलग परिचय बनाउन सफल भएको छ । यो परिचयलाई कायम राख्दै अझ फरक ढंगबाट आफ्ना प्रस्तुतिहरु तपाई दर्शकसामु पस्कने हाम्रो प्रयास जारी रहनेछ ।








प्रतिक्रिया दिनुहोस्