ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदहरूको तलब वृद्धिको विरोधमा इन्डोनेसियामा हिंसात्मक प्रदर्शन, संसद् भवन जलाइयो


abc news
भाद्र १६, २०८२ सोमबार  ९ : १४ बजे


काठमाडौं, १६ भदौ । सांसदहरूको तलब वृद्धिको विरोधमा इन्डोनेसियाको राजधानी जकार्तासहित देशका धेरै भागहरूमा हिंसात्मक प्रदर्शनहरू भएका छन् । सरकारी अधिकारीहरू र उनीहरूले पाउने सुविधाविरुद्ध मानिसहरूले आफ्नो विरोध प्रदर्शन तीव्र पारेका हुन् । प्रदर्शनकारीहरूले शुक्रबार राति मकासार शहरको क्षेत्रीय संसद्‌मा आगजनीसमेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हिंसात्मक विरोधलाई ध्यानमा राख्दै, इन्डोनेसियाली राष्ट्रपति प्रबोवो सुबियान्तोले शनिबारको चीन भ्रमण रद्द गरेका थिए । उनी दोस्रो विश्वयुद्धको अन्त्यको ८० औं वार्षिकोत्सवमा आयोजना हुने सेप्टेम्बर ३ मा चीनमा हुने विजय दिवस समारोहमा भाग लिने कार्यक्रम थियो ।हिंसात्मक विरोध प्रदर्शनहरूमा हालसम्म ३ जनाको मृत्यु भएको छ र ५ जना घाइते भएका छन् । विरोध प्रदर्शनहरूमा २०० भन्दा बढी मानिसहरू घाइते भएका छन् । राष्ट्रपति प्रबोवो सुबियान्तोले जनतालाई शान्ति कायम राख्न अपील गरेका छन् । इन्डोनेसियामा मुद्रास्फीति र बेरोजगारी बढ्दै गइरहेको छ, जसले गर्दा आम जनताको जीवन कठिन बन्दै गइरहेको छ ।सांसदहरूको लागि मासिक ३ हजार ५७ डलर भत्ता तोकिएको थियो । यो जकार्ताको न्यूनतम ज्यालाभन्दा १० गुणा बढी हो । यसले जनतालाई आक्रोशित बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com