ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिर्गौला बेचबिखनमा संलग्न ७ जनाको गिरोह पक्राउ


abc news
भाद्र १५, २०८२ आईतबार  ८ : १६ बजे

काठमाडौँ – मानव अंग मिर्गौला बेचबिखनमा संलग्न ७ जनाको गरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी मानव अनुसन्धान बेचविखन ब्यूरोले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो।

भारतको नयाँ दिल्लीमा बसेर गैरकानूनी कार्यमा नाइकेको भूमिका निर्वाह गरिरहेका सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीलाई महेन्द्रनगरबाट र उनको सहयोगीको रुपमा रहेका सुजन भारतीलाई वीरगञ्जबाट पक्राउ गरी संगठित अपराधअन्तर्गत कारबाही अघि बढाइएको ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

उक्त गिरोहले पैसाको प्रलोभनमा पारेर काठमाडौँ, नुवाकोट, काभ्रपलाञ्चोक, धादिङलगायतका सर्वसाधारणलाई भारतको नयाँ दिल्ली गरेर गैरकानूनी रुपमा मिर्गौला झिकी बिक्री गर्ने गरेको पाइएको पनि प्रहरीले जनाएको छ।

उनले भने, ‘गत साउनको २० गते ३ जना प्रतिवादीहरुलाई पक्राउ गरेर यो मुद्दा सुरुवात गरेका थियौँ र त्यही सिलसिलामा ५ जना मिर्गौला पीडितहरुले हामी कहाँ जाहेरी दिइसक्नुभएको छ। यो समूह कहाँबाट परिचालित छ भनेर बुझ्दाखेरी भारतको दिल्लीमा नेपालीको अंग झिक्ने र त्यहीँबाट अंगको कारोबार गर्ने भन्ने हामीले अनुसन्धानको क्रममा सूचना पायौँ। त्यसपछि हामी अपरेशन शिल्ड भनेर एउटा गैरकानूनी अंग प्रत्यारोपण अथवा गैरकानूनी अंग झिक्नेहरुको जीवन रक्षा भनेर त्यसको अपरेशन अघि बढायौँ।’

गिरोहलाई संगठित अपरोध ऐनअन्तर्गत कारबाही प्रारम्भ गरिएको पनि प्रहरीले जनाएको छ। ऐनअन्तर्गत मानव बेचविखन र गैरकानूनी रुपमा अंग बेचविखनमा संलग्नलाई १० वर्ष कैद र २ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक पंगेनीले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

सम्बन्धित

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com