काठमाडौं । मुलुकमा सबै नेपाली जनताले शुद्धा पानीको उपयोग गर्न त परै जावस जीविकोपार्जनका लागि न्यूनतम् खानेपानी समेत नपाएर थाकथलो सर्न पर्ने अवस्था विद्यमान रहेको पूर्व जलस्रोत सचिव भुवनेशकुमार प्रधान बताएका छन् । मुलुकको जलस्रोत क्षेत्रमा पाँच दशक लामो विशिष्ट योगदानको कदर गर्दै प्राज्ञिक अनुसन्धानका लागि नेपाल पानी सदुपयोग फाउण्डेसनले प्रधानलाई ‘राष्ट्रिय स्रोत–रक्षक सम्मान, २०८२’ द्वारा सम्मानित समेत गरिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्व सचिव प्रधानलाई दोसल्ला ओढाई, कदरपत्र र नगद पुरस्कारसहित सम्मान गरेका थिए । उक्त कार्यक्रमा बोल्दै उनले नेपाल मनसुन सुरु भएपछिको ४ महिना पानीमा धनी हुन्छ , बाढी आउने गरी र ८ महिना पानीको अभावमा बाँचिरहनु पर्ने बाध्यता रहेको बताए । उनले नेपाल पृथ्वीको समृद्ध जलस्रोत र हिमश्रृंखलाहरूले धनी देश भएको र हिमश्रृंखलाहरू हाम्रो जीवनका लागि अत्यावश्यक पानीको स्रोत भएको बताए । हिमनदी र हिमतालले सिँचाइ, जलविद्युत्, खानेपानी र पारिस्थितिक सन्तुलन कायम राख्न ठूलो भूमिका बताउदै उनले , ग्लोबल वार्मिङ र मानवीय गतिविधिले यी हिमश्रृंखलाहरू खतरामा पारेको बताए । उनले भने हिमनदीहरू छिटो पग्लिँदा बाढीको जोखिम बढ्छ भने दिर्घकालमा पानीको अभावले कृषि, उद्योग र जनजीवन प्रभावित हुन्छ। उनले हिमश्रृंखलाहरू जोगाउन प्रभावकारी उपाय अपनाउनु आवश्यक छ। जंगल संरक्षण, प्रदूषण नियन्त्रण, दिगो पर्यटन र जलस्रोत व्यवस्थापन यसमा महत्वपूर्ण रहेका बताए । साथै, हिमनदीको अनियन्त्रित दोहन रोक्न र स्थानीय समुदायलाई सचेत बनाउने काम पनि आवश्यक पहल गरिनुपर्ने समेत उनले बताए । सरकार, वैज्ञानिक, शिक्षाविद् र नागरिक सबै मिलेर संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने हामीले अहिले नै कदम चाल्यौं भने मात्र नेपालका हिमश्रृंखलाहरू दीर्घकालसम्म सुरक्षित रहन सक्छन्। यी हिमश्रृंखलाहरूको संरक्षणले मात्र हाम्रो भौगोलिक सम्पदा, पारिस्थितिकी सन्तुलन र भावी पुस्ताका लागि जीवन दायित्व सुनिश्चित गर्न सक्छ। हिमश्रृंखलाहरू जोगाउनु हाम्रो कर्तव्य मात्र नभई भविष्यको सुनिश्चिततासँग पनि जोडिएको छ।
https://www.youtube.com/watch?v=4uu74XHnjdU&ab_channel=ABCTVNepal








प्रतिक्रिया दिनुहोस्