ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्ली–काठमाडौं चल्ने टुरिस्ट बसमा रक्तचन्दनको तस्करी


admin

काठमाडौं, २१ चैत । नया दिल्ली–काठमाडौं चल्ने टुरिस्ट बसमा प्रतिबन्धित रक्तचन्दनको तस्करी हुने गरेको पाइएको छ ।

काठमाडौं प्रहरीले दुई दिनसम्म बसको खानतलासी गरेर अन्ततः फल्स बटनमा लुकाएर ल्याएको अवस्थामा रक्त चन्दनको तयारी सामान बरामद गरेको हो । काठमाडौं प्रहरी परिसरले बुधबार पत्रकार सम्मेलन गर्दै दिल्लीबाट आएको ना ४ ख ४५१६ नम्बरको बस कलंकीमा नियन्त्रणमा लिएर खान तलासी सुरु गरेको र बसमा रक्त चन्दन भेटिएको जनाएको हो ।

मंगलबार दिनभर चेक गर्दा कर छलि गरेर ल्याइएका कपडाबाहेक अरु भेटिएको थिएन । तर बुधबार बिहान विभिन्न पार्टपुर्जा खोलेर हेर्दा करिब १० केजी ७७५ ग्राम तौल बराबरको रक्त चन्दनका तयारी सामान लुकाएर ल्याइएको भेटिएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

प्रहरीले बसका चालक काभ्रे घर भई हाल नैकाप बस्ने झिक्लेमान रुम्बा र सहचालक सुजन पुनलाई नियन्त्रणमा लिएपनि सवारी धनी र रक्तचन्दनका मालिकबारे केही खुल्न नसकेको पोखरेलले बताउनुभयो ।

प्रहरीले रक्तचन्दनका भाडा, रक्तचन्दनबाट मालामा प्रयोग गर्न बनाएका १ हजार ३०२ दाना गेडा बरामद गरेका छ । सोही बसबाट अबैधरुपमा ल्याइएका कपडा तथा बिजुलीका सामानहरु पनि प्रहरीले बरामद गरेको छ । बरामद रक्त चन्दनका सामान आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

सम्बन्धित

च्यासलमा एमाले सचिवालय बैठक

उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ

वाइसिएललाई प्रचण्डको निर्देशन- तयार रहनू

धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदल मार्ग

नेपालगन्ज औद्योगिक क्षेत्रमा ठाउँ मात्रै ओगटेका ३ उद्योगलाई हटाउने तयारी

इराकको अल-कुटस्थित सपिङ मलमा भीषण आगलागी, कम्तीमा ६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com