काठमाडौं, १४ भदौ । गएराति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो १२ घण्टामा कास्की, गोरखा, लमजुङ, तनहुँ, सिन्धुपाल्चोक, नुवाकोट, पर्वत, गुल्मी, दैलेख, डडेलधुरा, कैलाली र कञ्चनपुरमा सबैभन्दा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा अहिले पनि हल्का वर्षा भैरहेको छ ।
महाशाखाका अनुसार हिजो र अस्तिको तुलनामा आज पानी कम पर्नेछ । यसअघि गत बिहीबार रातिदेखि देशभर ठूलो पानी परिरहेको थियो । तर, आजदेखि भने मौसममा क्रमिक सुधार हुने महाशाखामका मौसमविद् डेविड ढकालले बताए ।
आज बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगका थोरै ठाउँ र तराईका बाँकी एकरदुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति सबै प्रदेशका पहाडी भू–भागका केही स्थान र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।








प्रतिक्रिया दिनुहोस्