ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंसहित देशका धेरै ठाउँमा रातिदेखि वर्षा, यी प्रदेशमा आज ठूलो पानी पर्ने


abc news

काठमाडौं, १२ भदौ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि वर्षा भैरहेको छ । हाल बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा कोशी, मधेस र लुम्बिनीको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज लुम्बिनी प्रदेशको तराईका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशसहित देशका पहाडी भू(भागमा साधारण बदली र बाँकी स्थानमा आंशिक बदली छ।

दिउँसोको पूर्वानुमान
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। यी प्रदेशका केही स्थानमा तथा बाँकी भेगका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

रातिको पूर्वानुमान
महाशाखाले राति देशभर साधारणतया बदली रहने जनाउँदै पहाडी भू-भागका धेरै स्थान र बाँकी भेगका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागसँगै लुम्बिनी र कोशी प्रदेशको तराईका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले वर्षाका कारण पहिरो, बाढी तथा पानीको सतह बढ्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

गगन पक्षले कांग्रेसको आधिकारिकता दाबी गर्नु लोकतन्त्र माथिको षड्यन्त्र–देउवा पक्ष

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com