ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साफ यू-१७ महिला च्याम्पियनसिप: नेपालले बंगलादेशसँग खेल्दै


abc news

काठमाडौं, ११ भदौ । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज पनि बंगलादेशसँग खेल्दै छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल दिउँसो नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ । यसअघि नेपालले बंगलादेशसँग आइतबार पनि खेलेको थियो जहाँ ३-० ले पराजित भएको थियो ।

आजको खेलसहित बाँकी ३ वटै खेल नेपाललाई जित्नैपर्ने दबाब छ । आजको खेलमा पराजित भएमा नेपाल २ खेल खेल्नुअगावै उपाधि होडबाट बाहिरिनेछ ।

नेपाल आजको खेलमा पराजित भएमा बाँकी २ खेल जितेपनि सर्वाधिक ९ अंकसम्म पुग्न सक्छ । तर त्यसपछि भारत र बंगलादेशबीच हुने खेलपछि एक टोलीले ९ अंक पार गर्ने भएकाले नेपाललाई अब ३ वटै खेल जित्नुको विकल्प हुने छैन ।

डबल राउण्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा हाल भारत ३ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा छ भने बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो तथा नेपाल ३ अंक जोडेर तेस्रोमा छ । जितविहीन भुटान चौथोमा छ ।

नेपाल पहिलो खेलमा भारतसँग ७(० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २(१ गोलअन्तरले हराएको थियो ।

बंगलादेशले भुटानलाई पहिलो खेलमा ३(१ ले हराउँदा भारतसँग २-० ले पराजित भएको थियो ।

पछिल्लो समय बंगलादेशले महिला फुटबलका हरेक उमेर समूहमा राम्रो प्रदर्शन गर्दै आएको छ । नेपाल भने उमेर समूहमा भारत र बंगलादेशभन्दा कमजोर देखिँदै भुटानसँग चुनौतीपूर्ण खेल पस्कने स्तरमा छ ।

नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी रहेको प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com