ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र अमेरिकाबीच खटपट बढ्दै, ट्रम्पका सल्लाहकारले भने– भारत करको महाराजा


abc news
भाद्र ६, २०८२ शुक्रबार  ७ : ४५ बजे

काठमाडौं, ६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतमाथि कडा आलोचना गर्दै भारतलाई ‘ट्यारिफ (आयात कर) को महाराजा’को संज्ञा दिएका छन् । उनले भारतले सस्तो रुसी तेल खरिद गरेर नाफा कमाइरहेको आरोप लगाएको डेक्कल हेराल्डले जनाएको छ ।

नभारोको यो भनाइ भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकाको आलोचनाको जवाफ दिएको केही समयपछि आएको हो । जयशंकरले अमेरिकाले नै भारतलाई रूसबाट तेल खरिद गरी विश्वको ऊर्जा बजारलाई स्थिर राख्न सहयोग गर्न आग्रह गरेको बताएका थिए ।

नभारोले भारत चीनका राष्ट्रपति सी चिनफिङसँग नजिकिएको पनि आरोप लगाएका छन् । उनले विशेष गरी राष्ट्रपति ट्रम्पले भारतीय उत्पादनहरूमा लगाउने आयात कर दोब्बर गरी ५० प्रतिशत पुर्‍याएपछि भारत र अमेरिकाबीचको सम्बन्धमा तनाव बढेको बताएका छन् ।

नभारोले अमेरिकी पत्रकारहरूसँग कुरा गर्दै भने, “सन् २०२२ मा रूस–युक्रेन युद्ध सुरु हुनुअघि भारतले रुसी तेल खासै खरिद गर्दैनथ्यो । त्यतिबेला यो भारतको कुल आवश्यकताको करिब १ प्रतिशत मात्र थियो । तर, अहिले यो बढेर ३५ प्रतिशत पुगेको छ ।”

यो केही दिनभित्रै नभारोले भारतमाथि गरेको दोस्रो ठूलो आलोचना हो । तीन दिनअघि उनले ‘फाइनान्सियल टाइम्स’मा लेख लेख्दै भारतको रुसी तेल खरिदमाथि प्रश्न उठाएका थिए । भारतले आफ्नो ऊर्जा आवश्यकताका लागि रुसी तेल चाहिन्छ भन्ने तर्क गलत छ भन्ने उनको भनाइ छ ।

नभारोले भने, “भारतले रूसबाट सस्तो कच्चा तेल खरिद गर्छ, आफ्ना रिफाइनरीहरूमा प्रशोधन गर्छ र त्यसपछि पेट्रोल, डिजेलजस्ता प्रशोधित उत्पादनहरू युरोप, अफ्रिका र एसियामा महँगो मूल्यमा बेच्छ ।” उनले यसलाई पूर्ण रूपमा भारतीय रिफाइनरी उद्योगको नाफाखोरी भनेका थिए ।

“ट्यारिफको मामिलामा भारत एक महाराजा हो । भारतले उच्च ट्यारिफ र गैरट्यारिफ अबरोधहरू लगाएको छ,” नभारोले भने । उनले भारतसँग अमेरिकाको ठूलो व्यापार घाटा रहेको र यसले अमेरिकी कामदार र कम्पनीहरूलाई नराम्रो असर गरेको पनि बताए ।

नभारोले आरोप लगाएअनुसार, भारतले कमाएको पैसाले थप रुसी तेल खरिद गर्छ । त्यसपछि रूसले त्यही पैसाले हतियार बनाउँछ र युक्रेनमाथि आक्रमण गर्छ । फलस्वरूप, अमेरिकी करदाताहरूलाई आफ्नो सरकारमार्फत युक्रेनलाई सहयोग गर्न थप पैसा र हतियार दिनुपर्छ ।

यसलाई उनले ‘पागलपन’ को संज्ञा दिएका छन् । उनले भारतले युद्धमा आफ्नो भूमिका स्वीकार गर्न नचाहेको र यो सम्पूर्ण कार्यलाई ‘नाफाखोरी योजना’को रूपमा व्याख्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग

आफ्नै अभिव्यक्तिले घेरिए रास्वपा सांसद, बालेनको बचाउ गर्दा पुराना भाषण भाइरल

चिनिया राष्ट्रपति सीले ट्रम्पलाई सुनाएको ‘थुसिडाइड्स ट्र्याप’के हो ?

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

विपक्षी दलको बहिष्कारका बिच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

फौजदारी कसुरको शैलीमा व्यवसायी र बैंकरमाथि धरपकड गरेर त्रास फैलाइयो– उद्योग वाणिज्य महासंघ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com