ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युट्युबको कार्यालयमा गोली चल्यो: गोली हान्ने महिलाद्वारा आत्महत्या, तीन जना गम्भीर घाइते


admin
चैत्र २१, २०७४ बुधबार  २ : ५७ बजे

सान ब्रुनो,२१ चैत । उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।

एकजना महिलाले त्यहाँ कार्यरत कर्मचारीमाथि अकस्मात गोली हान्न थालेपछि भागाभाग भएको थियो । त्यस गोलीकाण्डमा परी तीन जना गम्भीर रुपमा घाइते भएका छन् ।

युट्युबको सो मुख्यालयमा एकजना बन्दुकधारी व्यक्ति प्रवेश गरेको भन्ने थाहा पाएपछि सो कार्यालयमा प्रहरी पुगेको थियो । तर ती महिलाले प्रहरी आउनुभन्दा अगावै गोली हान्न थालेकी बताइएको छ ।

युट्युब मुख्यालयमा करिब एक हजार ७०० जना कर्मचारी कार्यरत छन् । कार्यालयभित्रै गोली चलेपछि उक्त कार्यालयका अधिकांश कर्मचारीहरुले हात माथि उठाएर कार्यालयबाट बाहिर निस्किँदै गरेका दृश्यहरु स्थानीय टेलिभिजनहरूले देखाएका थिए ।

उक्त हमलामा दुई जना महिला र एक पुरुषलाई गोली लागेको छ । गोली लागेकामा एकजना ३६ वर्षीय पुरुष र ३२ वर्षकी महिलाको अवस्था गम्भीर रहेको बताइएको छ ।

एकजना महिलाले गोली हानेको प्रहरीले बताएको छ । ती महिलाले अरुलाई हमला गरेपछि आफैँलाई पनि गोली हानेकी थिइन् ।

पछि ती गोली हान्ने संन्दिग्ध महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ ।

अमेरिकी प्रहरीले उक्त घटनाबारे छानबिन गरिरहेको जानकारी दिएको छ । यस आक्रमण किन गरिएको थियो र ती महिलाको विगतको पृष्ठभूमि के थियो भन्ने बारेमा अहिले नै केही थाहा नभएको र अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

यसैबीच प्राप्त पछिल्लो समाचार अनुसार त्यहाँ गोली चलाउने हमलाकारीको पनि मृत्यु भएको बताइएको छ । प्रहरीले गोली हान्ने महिलाको मृत्यु भएको पुष्टि गरेको हो ।

उनले अरुलाई गोली हानेपछि आफैलाई पनि हानेर आत्महत्या गरेकी थिइन् । गोली हान्ने महिलाको पनि सोही कार्यालयको परिसरमा मृत्यु भएको प्रहरीले बताएको छ । उनी कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिएकी थिइन– प्रहरीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त घटनाबारे आफूलाई थाहा भएको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि पनि हालै अमेरिकाको एक विद्यालयमा भएको गोलीकाण्डपछि सुरक्षामा निकै जोड दिनुभएको थियो ।

उहाँले अमेरिकामा अब विद्यालयमा यस्ता गोलीकाण्ड हुन नदिने भन्दै आफ्नो प्रशासनको पहिलो प्राथमिकता अमेरिकी विद्यालय र विद्यार्थीको सुरक्षा हुने बताउनुभएको थियो ।

उहाँले फ्लोरिडामा भएको हत्याकाण्डपछि सम्बोधनका क्रममा सो प्रतिबद्धता व्यक्तगर्दै विद्यालयमा देखिएको यो असुरक्षाको अवस्था हटाई शान्त र सुरक्षित वातावरणमा शिक्षा आर्जन गर्नपाउने वातावरण बनाउने बताउनुभएको थियो ।

अमेरिकामा पछिल्लो समयमा यस्ता गोलीकाण्डका घटनामा बृद्धि भइरहेको छ । कतिपयले यसलाई व्यक्तिले बन्दुक राख्न पाउँदाका परिणामहरु हुन् भनेका छन् भने कतिले यस तर्कको अस्वीकार गर्ने पनि गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

नवलपुर–१ मा माओवादी उम्मेदवार भुर्तेलको दाबी : “जित्ने हामी नै हौं, सिट र मत दुवै बढ्छ” (भिडियोसहित)

२९० कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार

पोखरा लेडी जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबिसी टिभीले गर्ने

दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

सर्वोच्चको आदेशः दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनू

एमालेको झण्डा जलाउनेमाथि कारबाहीको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com