काठमाडौ २१ साउन । गृहमन्त्री रमेश लेखकलाई नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चामीरा मुनासिंघेले शिष्टचार भेट गरेकी छन्। बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशको मित्रवत् सम्बन्धको चर्चा भएको थियो।
गृहमन्त्री लेखकले बुद्ध भगवानको जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाले पुर्याएको योगदानका लागि धन्यवाद दिए।
साथै आगामी दिनमा नेपाल(श्रीलंकाबिचको दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै जानुपर्नेमा जोड दिए।
यस्तै कार्यवाहक राजूदतले पनि नेपाल(श्रीलंकाबिचको सम्बन्ध थप प्रगाढ भएर जाने विश्वास व्यक्त गरिन्। श्रीलंकाली नागरिकका लागि नेपाल एउटा पवित्र स्थान भएको चर्चा गर्दै बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाको साथ सधैँ रहने बताइन्।







प्रतिक्रिया दिनुहोस्