काठमाडौ १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराईरमधेश द्रुतमार्ग ९एक्सप्रेसवे०को निर्माण समयमै सक्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
आइतबार सरोकारवाला पक्षसँग बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत द्रुतमार्ग निर्माणको काम समयमै सक्ने सम्बन्धित मन्त्रालय र नेपाली सेनालाई आग्रह गरिएको जानकारी दिएका हुन्।
‘काठमाडौँ–तराईरमधेश द्रुतमार्ग ९एक्सप्रेसवे० हाम्रो रणनैतिक महत्त्वको सडक आयोजना हो। यसले काठमाडौँलाई १ घण्टाको समयमै तराईसँग जोड्छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘द्रुतमार्गको खोकना(डुकुछाप खण्डको निर्माणमा उत्पन्न भएका समस्याबारे हिजो राति गहन छलफल भयो। खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ। वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नु पर्ने छ। सोही अनुसारको उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु। हामीसँग धेरै समय छैन।’







प्रतिक्रिया दिनुहोस्