काठमाडौ १२ साउन । पौडी खेल्ने क्रममा आइतबार रसुवाको गोसाइँकुण्डमा बेपत्ता भएका दुई युवक अझै फेला परेका छैनन्।
उनीहरूको खोजीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको छ।
रसुवाका प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङको विराटनगरका २८ वर्षीय सुजन ढकाल र बेलवारीका मनोज न्यौपाने रहेका छन्।
गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरु डुबेको हुनसक्ने आँकलन गरिएको छ।
बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पुगेका छन्।
चारहजार ३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो।
गोसाइँकुण्ड ताल १ हजार ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ।







प्रतिक्रिया दिनुहोस्