ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोपियन युनियन र अमेरिकाबीच ऐतिहासिक व्यापार सम्झौता


abc news
श्रावण १२, २०८२ सोमबार   ११ : २३   बजे

काठमाडौ १२ साउन । संयुक्त राज्य अमेरिका र युरोपियन युनियन ९ईयू० बीच ऐतिहासिक व्यापार सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनबीच हिजो स्कटल्याण्डको टर्नबेरी गोल्फ रिसोर्टमा भएको निर्णायक वार्तापछि दुबै पक्ष १५ प्रतिशत भन्सार दरमा सहमत भएका बीबीसीले जनाएको छ ।

यो सम्झौताले महिनौं लामो व्यापारिक तनाबको अन्त्य गर्दै विश्व व्यापारको झन्डै एक तिहाइ हिस्सा ओगट्ने दुई ठूला साझेदारबीच नयाँ सहकार्यको ढोका खोलिदिएको छ । अब अमेरिकी बजारमा प्रवेश गर्ने सबै युरोपेली सामानमा १५ प्रतिशत आयात कर लाग्नेछ । जुन ट्रम्पले घोषणा गरेका ३० प्रतिशत दरको आधा हो । साथै केही विशेष वस्तुहरू जस्तै विमान तथा पार्टपुर्जा, केही कृषि तथा रसायनजन्य उत्पादनहरूमा भने कुनै भन्सार लाग्ने छैन ।

युरोपेली युनियनले पनि केही अमेरिकी वस्तुहरूमा शून्य प्रतिशत भन्सार छुट दिने भनिएको छ । राष्ट्रपति ट्रम्पले युरोपेली युनियनले अबको तीन वर्षमा अमेरिकामा झन्डै छ सय अर्ब डलरको लगानी गर्ने बताउनुभयो । जसमा अमेरिकी सैन्य सामग्री किनमेल तथा उर्जा क्षेत्रमा सात सय ५० अर्ब डलरसम्म खर्च गरिनेछ । यो लगानीले युरोपको रुसी उर्जामा निर्भरता घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

सम्झौतापछि राष्ट्रपति ट्रम्पले एउटा ठूलो सम्झौता भएका प्रतिक्रिया दिनुभएको खबर उल्लेख छ । उर्सुला भोन डर लायनले पनि यसलाई ऐतिहासिक सम्झौता भन्दै राष्ट्रपति ट्रम्पको नेतृत्व र प्रतिबद्धताको प्रशंसा गर्नुभएको छ । समझौता पश्चात् अमेरिका झन्डै ९० अर्ब डलर भन्सार राजस्व सङ्कलन गर्ने अनुमान गरिएको छ । युरोपेली नेताहरूले सम्झौतालाई सतर्कताका साथ स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group