ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गएको आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट सवा १५ अर्बको धान–चामल आयात


abc news
श्रावण १२, २०८२ सोमबार   ११ : १४   बजे

काठमाडौ १२ साउन । वीरगञ्ज नाका हुँदै गएको आर्थिक वर्षमा १२ अर्ब ७२ करोड रुपैयाँ बराबरको ३१ करोड ३८ लाख ६५ हजार चार सय ७३ किलोग्राम धान आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०र८१ को तुलनामा गएको आर्थिक वर्षमा मात्रै मूल्यको आधारमा ५३ प्रतिशत बढी धान आयात भएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा आठ अर्ब २९ करोड रुपैयाँ बराबरको २० करोड ८० लाख ९२ हजार चार सय ४८ किलो धान आयात भएको थियो । कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गएको आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा धान र चामल दुवैको आयात बढेको जानकारी दिनुभयो ।

गएको आर्थिक वर्षमा धान मात्रै नभएर चामल आयात पनि बढको छ । आर्थिक वर्ष २०८१र८२ मा दुई अर्ब ४१ करोड रुपैयाँ बराबरको दुई करोड ४८ लाख १३ हजार ५३१ किलो चामल आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब ७३ करोड रुपैयाँ बराबरको एक करोड ३२ लाख ४१ हजार तीन सय ७६ किलोग्राम चामल आयात भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा ४० प्रतिशतले चामल आयात बढेको छ । गएको आर्थिक वर्षमा ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको १३ करोड ९६ लाख ५९ हजार छ सय २१ किलो मकै आयात भएको छ ।

अघिल्लो आर्थिक वर्षमा पाँच अर्ब ५९ करोड रुपैयाँ पर्ने १२ करोड ९९ लाख १८ हजार एक सय ७३ किलोग्राम मकै आयात भएको थियो । गएको आर्थिक वर्षमा ४७ करोड रुपैयाँ बराबरको ९१ लाख ९२ हजार नौ सय ८१ किलो फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ ।

अघिल्लो आर्थिक वर्षमा ४३ करोड रुपैयाँ बराबरको ८४ लाख ९५ हजार चार सय ४५ किलोग्राम फापर, कोदो, र अन्य खाद्यान्न आयात भएको थियो । त्यसैगरी गएको आर्थिक वर्षमा चार करोड रुपैयाँ बराबरको आठ लाख ४७ हजार सात सय ८० किलोग्राम कनिका आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group