ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट भागेर आएका थिए भक्तपुरमा मृत भेटिएका दिदीबहिनी


abc news

काठमाडौ ८ साउन । भक्तपुरमा मृत भेटिएका दिदीबहिनी भारतबाट भागेर आएको खुलेको छ

बिहीबार बिहान पौने ७ बजेतिर मध्यपुर थिमि नगरपालिका(८ बोडे सिन्टीटारमा दिदीबहिनी मृत फेला परेका थिए।

दुई तले घरको भुइँ तलामा डेरा गरी बस्दै आएका दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

१७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सिर्जना कँडेल मृत भेटिएका हुन्। दुवै जना एकै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

घटनाबारे घरधनीले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

प्रहरीले अहिले घटनास्थलको प्रारम्भिक मुचुल्का गरी थप अनुसन्धान अघि बढाइसकेको छ।

मृतकहरू दुवै जना सुर्खेत पञ्चपुरी नगरपालिका(८ का रहेको खुलेको छ।

उनका आमा(बाबु भारतको मुम्बईमा छन्। उनीहरू १०(१५ वर्षदेखि नै भारतमा काम गर्दै आएका थिए।

मेनुका र सिर्जना पनि भारतमै हुर्किएका थिए।

‘मुम्बईमा बसेको उनीहरू कम्प्युटर सिक्दै रहेछन्। तर एक साँझ उनीहरू घर फर्किएनन्, सम्पर्कविहनीन रहे।’ उनीहरू करिब १५र२० दिनअघि मुम्बईबाट भागेका थिए।

परिवारले प्रहरीलाई यसबारे जानकारी गराएपछि अन्तिम लोकेशन भारतको गोरखपुर देखिएको थियो। त्यसपछि उनीहरू सम्पर्कविहीन थिए।

तर त्यहाँबाट उनीहरू दुवै जना नेपाल आएर भक्तपुरको बोडेमा डेरा गरी बस्न थाले। घरबेटीलाई आफूहरू विद्यार्थीहरू हौं भनेर डेरामा बसेका थिए।

बुबाले नेपालकै कुनै होटलमा काम गरिरहेको भन्ने जानकारी उनीहरूले दिएका थिए।

दिदीबहिनी मृत फेला परेपछि एक जना आफन्त प्रहरीको सम्पर्कमा आएकी छन्। बुबा पनि भारतबाट नेपाल आउँदैछन्।

प्रहरीले घटनास्थलबाट उनीहरूको मोबाइल बरामद गरेको छ। मोबाइलमा अन्दाजी गए राति २ बजेतिर टिकटक भिडिओ बनाएको पनि भेटिएको छ।

उनीहरूले टिकटकमा डोरीसमेत देखाएको प्रहरीले जनाएको छ। घटनास्थलबाट कुनै सुसाइड नोट फेला परेको छैन।

प्रहरीले उनीहरूको शव पोष्टमर्टमको लागि अस्पतालमा पठाएको छ। घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com