ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कास्कीको पनेरी झरनामा तीनदिने क्यानोनिङ प्रतियोगिता हुने


admin
चैत्र २०, २०७४ मंगलबार  ३ : ११ बजे

पोखरा, २० चैत । पर्यटकलाई झरना देखाउनेमात्र नभई साहसिक खेल खेलाएर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ विरेठाँटीमा क्यानोनिङ गरिने भएको छ ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ८ स्थित पर्यटकीयस्थल विरेठाँटीको पनेरी झरनामा यही चैत २९ देखि वैशाख १ गतेसम्म तीनदिने क्यानोनिङ प्रतियोगिता हुने भएको हो ।

वीरेठाँटी र पोखरा क्यानोनिङद्वारा संयुक्त रुपमा आयोजना गर्न लागिको सो प्रतियोगितामा मुलुकका ६० जना क्यानोनिङ गाइडको सहभागिता रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

डोरीको सहायताबाट ५० मिटर उचाइको पानीको झरनासँगै झर्ने सो प्रतियोगितामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कारको व्यवस्था गरिएको पोखरा क्यानोनिङका संयोजक राम गुरुङ बताउनुहुन्छ ।

छ महिनाअघिदेखि सञ्चालनमा आएको सो प्रतियोगगिता अन्तर्गत झरनामा मासिक सरदर ३० जना साहसिक खेलमा सहभागी बन्ने गरेका छन् । गाइडलाई सम्बन्धित निकायबाट अनुमतिपत्रको व्यवस्था गर्न नसक्दा प्रचुर सम्भावना रहेर पनि साहसिक पर्यटन प्रवद्र्धनमा सोचेजस्तो गति लिन नसकेको उहाँको भनाइ छ ।

नेपाल लोकतान्त्रिक खेलकूद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनका अनुसार क्यानोनिङ अनुमतिपत्रका लागि नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (मासम) सँग छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

र्‍यापमा विद्रोह, सत्तामा मौनता: ‘छद्म-विद्रोही’ छवि र संसदीय स्वेच्छाचारिता

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

सम्बन्धित

र्‍यापमा विद्रोह, सत्तामा मौनता: ‘छद्म-विद्रोही’ छवि र संसदीय स्वेच्छाचारिता

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

अध्यादेशविरुद्ध विपक्षी दल आक्रामक, संसद्‌मा अस्वीकृतको सूचना दर्ता

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com