ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरमा घरदैलो व्यवसाय दर्ता अभियान शुरु


admin

भक्तपुर, २० चैत। सूर्यविनायक नगरपालिकाले घरदैलो व्यवसाय दर्ता अभियान शुरु गरेको छ । नगरपालिकाले जनप्रतिनिधिसहित कर्मचारीको चार वटा टोली बनाएर व्यवसाय दर्ता अभियान शुरु गरेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र सञ्चालनमा रहेका तर दर्ता नभएका व्यवसायलाई दर्ता गर्ने र करको दायरामा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरेको जानकारी दिंदै उहाँले भन्नुभयो, “पसल, उद्योग तथा व्यवसाय दर्ता नगरी सञ्चालन भएका छन्, कतिपय दर्ता भएकाले पनि नियमित नवीकरण गरेका छैनन्, व्यवसायलाई दर्ता गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने तथा करको दायरामा ल्याउने हाम्रो अभियान हो ।”

सूर्यविनायक चोकका व्यवसायीको व्यवसाय दर्ता गरेर प्रमाण वितरण गर्दै नगर प्रमुख थापाले उद्घाटन गर्नुभएको अभियान नगरपालिकाको १० वटै वडामा सञ्चालन भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत दिपेश खड्काले जानकारी दिनुभयो । सूर्यविनायक नगरपालिकालाई हरेक क्षेत्रबाट उत्कृष्ट बनाउने लक्ष्यका अभियान शुरु गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाका प्रशासन शाखाका पुष्कर बरालले नगरपालिकाले एकैदिन १०० वटा व्यवसाय दर्ता गरेको जानकारी दिँदै यो अभियान नगरपालिका क्षेत्रभित्रका सबै व्यवसाय दर्ता गरेपछि मात्रै सम्पन्न हुने बताउनुभयो । व्यवसायीको सहजताका लागि टोलीले घरदैलोमै पुगेर व्यवसायको सबै प्रक्रिया पु¥याएर त्यही दर्ता गरी प्रमाणपत्र दिने गरिएको छ ।

आगामी असार मसान्तसम्म नगरको आन्तरिक आम्दानी रु आठ करोड पु¥याउने लक्ष्यका साथ अभियान सञ्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com