ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आरोही धमाधम हिमालतिर, १५ समूहले सगरमाथा आरोहण गर्दै


admin
चैत्र २०, २०७४ मंगलबार  २ : ३७ बजे

काठमाडौँ, २० चैत । हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् ।

सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से अमादब्लमलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो संख्यामा आरोही हिमालतिर लागेका हुन् ।

पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि सोमबारसम्म ३४ वटा आरोहण समूहले निवेदन दिएकामा २३ समूहले आरोहण अनुमति प्राप्त गरेका छन् । यीमध्ये १५ वटा सगरमाथा आरोहण समूह छन् । आरोहणका लागि अनुमति लिनेको अहिलेसम्मको अवस्थालाई हेर्दा यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता हुने विभागको अनुमान छ ।

आरोहणका लागि सम्पर्क अधिकृत पनि खटाइसकिएको विभागले जनाएको छ । छ हजार ५०० मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ ।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले आरोही धमाधम गन्तव्यतर्फ जान थालेको बताउनुभयो ।

हिमाल आरोहणलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन विभागले यसवर्षदेखि कडाइ गरेको उहाँको भनाइ छ ।

आरोहीहरु हिमालतिर लागे पनि वैशाखको तेस्रो सातादेखिमात्र आरोहण शुरु हुने जनाइएको छ । कतिपय आरोहण समूह आउन अझै केही दिन लाग्ने भएको छ ।

विभागबाट अनुमति प्राप्त गर्ने दल तथा आरोहीको संख्यात्मक विवरण हेर्दा सन् २०१७ मा ४३ वटा समूहका ३६६ जना र सन् २०१६ मा ३८ वटा समूहका ३१८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।

सन् २०१७ मा २९१ समूहका दुई हजार २२६ जना र सन् २०१६ मा २७८ समूहका एक हजार ९३४जना आरोहीले सगरमाथा सहितका हिमाल आरोहण अनुमति लिएका थिए ।

यद्यपि, सन् २०१७ मा कति आरोहीले सगरमाथा चढे भनेर अहिलेसम्म यकिन विवरण आएको छैन । विभागको पर्वतारोहण शाखाका अनुसार आरोहणका केही फाइलमो ‘भेरिफाई’ नभएकाले आरोहीको संख्या यकिन नभएको हो ।

सगरमाथासहितका हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त मानिने र सो अबधिको आरोहणलाई हेर्दा सन् २०१७ मा १०८ समूहका ८३४ जनाले र सन् २०१६ मा ९८ समूहका ७४०जनाले हिमाल आरोहण गरेको देखिन्छ ।

सगरमाथा आरोहणमा जानेबाट सरकारले प्रतिव्यक्ति (विदेशी) सँग रु ११ लाख दस्तुर लिन्छ । नेपालीले रु ७५ हजार तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा रु ३० लाखदेखि रु एक करोडसम्म खर्च गर्छन् ।

ट्रेकिङ क्याम्प नेपालका सञ्चालक वाङ्चु शेर्पाका अनुसार एक आरोहीले सगरमाथा आरोहणका लागि राजस्वबाहेक रु ३० लाखभन्दा बढी खर्चनुपर्छ । सगरमाथा जाने एक समूहमा सातदेखि बढीमा १५ जनासम्म हुन्छन् ।

सेभेन समिट ट्रेक्स कम्पनीबाट यो याममा पाँच वटा समूहले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् अघिल्लो वर्ष छ वटा समूह थिए । सगरमाथा आरोहणमा जाने धेरैजसो चिनियाँ र युरोपेली मुलुकका आरोही रहेको कम्पनीका व्यवस्थापक निमेष कार्कीले बताउनुभयो ।

आरोहणमा कडाइ 

विगतमा सगरमाथा आरोहणमा फर्जी कागजात पेश गरेकोजस्ता विवादास्पद गतिविधि बढेपछि विभागले सगरमाथा सहितका हिमाल आरोहणलाई व्यवस्थित, मर्यादित, सुरक्षित र जिम्मेबार बनाउन यसवर्षदेखि कडाइ गर्ने भएको छ ।

पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार पर्वतारोहणलाई मर्यादित बनाउन विभागका महानिर्देशक भट्टराईले आफैँ जानकारी गराउन थाल्नु भएको छ । पहिला विभागका उपसचिवबाट यस्तो जानकारी गराइन्थ्यो । महानिर्देशक भट्टराईले आरोहणलाई थप व्यवस्थित र जिम्मेवार बनाउन यो पटकदेखि आफैँले जानकारी गराउन थालेको बताउनुभयो ।

समाचारका लागि विभागको अनुमति 

सगरमाथासहितका हिमाल आरोहणसम्बन्धी समाचार पनि विभागको अनुमतिबेगर प्रकाशन र प्रसारण गर्न नपाइने भएको छ । विगतमा आरोही दलका सदस्य तथा आरोही पथप्रदर्शकले आफैँ सञ्चार माध्यमलाई अनर्गलरूपले जानकारी गराउँदा विकृति आएकाले यो यामदेखि पहिला विभागमा जानकारी गराउनुपर्ने र विभागको अनुमतिपछि मात्र सञ्चारमाध्यमलाई जानकारी गराउन बाटो खुल्ला गरेको हो ।

सम्पर्क अधिकृतसँगै नजाने र एजेन्सीबीच समन्वय नहुने प्रवृत्ति बढेको भन्दै विभागले यस्तो गरेको पाइए कडा कारवाही गरिने जनाएको छ । आरोहणमा जाँदा ड्रोन क्यामरा प्रयोगमा कडाइ गर्नुका साथै आरोहणमा जानेले प्रतिआरोही कम्तीमा छ वटा अक्सिजन सिलिन्डर लैजानुपर्ने व्यवस्था गरिएको छ ।

फोहर व्यस्थापन र सगरमाथाको चुचुरोमा लैजाने झण्डालाई कडाइ गरिएको छ । हेलिकोप्टरको प्रयोग उद्धारमा मात्र गरिनुपर्ने र क्याम्पको नजिक अवतरण गर्न नदिन एजेन्सीलाई जिम्मेवार बनाइनेछ । उल्लिखित काममा अटेर गरेमा आरोहण प्रमाणपत्र जारी नहुने, आरोहीले राखेको फोहर धरौटी फिर्ता नहुने तथा आरोहण राजस्वको दोब्बर रकम तिर्नुपर्ने र जरिवानासहित नेपालमा आउन पाँचदेखि १० वर्ष प्रतिबन्ध लगाइने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com