ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संयोजन समिति पहिले एमाले र माओवादी हाइकमाण्ड बैठक, एकता भाँड्न विचौलिया सक्रिय


ABC NEWS


काठमाडौं २० चैत। पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि नेकपा एमाले स्थायी कमिटी र माओवादी केन्द्रको सचिवालयको बैठकमा एकताका मोडालिटीबारे छलफल हुने भएको छ । अहिले माओवादी केन्द्रको बैठक अध्यक्षको निवास खुमलटारमा बसिरहेको छ ।
एमाले स्थायी कमिटिको बैठक २ बजे पछि स्थायी कमिटी बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।
माओवादीले पार्टी एकीकरणमा बराबरी संख्या माग गरेको र जनयुद्ध शब्द राख्ने तथा सूर्य चिन्ह नमान्ने अडान लिएको चर्चा भइरहेका बेला एमालेको आधिकारिक धारणा तय गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । एमालेले सूर्य चिन्ह नछाड्ने र माओवादीलाई ५० प्रतिशत हिस्सा दिन नसकिने यस अघि नै अनौपचारिक सन्देश दिइसकेको छ ।

पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले समानतामा आधारित भएर मात्र एकता हुने बताइरहेका छन् । यसलाई एमाले पंक्तिले ५०र५० को अर्थमा बुझे पनि माओवादीका एक नेताले भने त्यसरी नबुझ्न आग्रह गरेको बताइएको छ ।
राजनीतिक दस्तावेज मस्यौदा कार्यदलका सदस्य समेत रहेका माओवादी स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले संख्याको कुराले पार्टी एकता नरोकिने बताए ।
माओवादी नेताहरुले ५०र५० आफ्नो बटमलाईन नभएको समेत बताएका छन् ।
एक एमाले नेताका अनुसार एमाले नेतृत्वमा पनि यस सन्दर्भमा सम्मानजनकको बुझाई फरक फरक छ । माओवादीलाई ३० प्रतिशत भन्दा बढी दिन नसकिने एकथरी नेताको अडान छ भने केही नेता संख्याका कारण एकता भाँडिन नहुनेमा सचेत छन् । दुबै पार्टीका अध्यक्ष तहमा कुरा भएपछि संख्याको विवाद मिल्ने नेताहरुले दावी गरेका छन् ।
स्रोतका अनुसार सधैंभर लाभको पदमा रहिरहनका लागि एकता भन्दा त तालमेल नै राम्रो रहेछ भन्ने धारणा माओवादीमा बढिरहेको छ । त्यसलाई अध्यक्ष प्रचण्डले नै बढ्ता मलजल गरेका छन्। सुरुदेखि नै कृष्णबहादुर महरा र बर्षमान पुन लगायतका नेता त तालमेलभन्दा अघि बढ्न नहुने भन्नेमै थिए । सरकारमा जानबाट रोकिएपछि जनार्दन शर्माहरु समेत एकता जे सुकै होस् भन्ने वितण्डतावादी सोचाईमा रहेको एक रोल्पाली नेताले बताए ।
एमाले भित्र पनि माधव नेपाल पक्षधरहरु ओली पार्टी अध्यक्ष रहेसम्म एकता गर्न नपाए हुने थियो भन्ने कोणबाट लागिरहेका छन् । नेपाल पक्षधहरहरुले ओली र माधव मिलेर प्रचण्डलाई देखाइदिने छन् भन्दै प्रचार गराइरहेबाट प्रचण्ड सशंकित बनेको एक माओवादी सचिवालय सदस्यले बताए ।
आज सांझ बालुवाटारमा बस्ने एकता संयोजन समितिको बैठकमा कार्यदलका प्रतिवेदन बुझ्न र प्रधानमन्त्री ओलीको भारत भ्रमण लगत्त्रैबाट शिर्ष तहबाटै एकताको सबै पक्ष टुंग्याउने सहमति गर्ने तयारी रहेको ओली निकट स्रोतले बतायो ।
बालुवाटार स्रोतका अनुसार सधैं ओली निकट देखिने केही पात्रहरु समेत माओवादीसंगको एकता अनावश्कय भएको भन्दै ओलीको विपक्षमा लविंग गरिरहेका छन् । केही व्यापारिक विचौलियाहरुको रसदपानीमा रमाउने ति तत्वहरुले ओली र माधव मिलाएपछि किन प्रचण्ड चाहियो भन्ने थालेको बताइएएको छ । ओलीले थाह नपाएजस्तो गरेपनि आफ्ना भन्नेहरुबाट भएका हर्कतप्रति अवगत रहेको अ‍ोलीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com