ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संयोजन समिति पहिले एमाले र माओवादी हाइकमाण्ड बैठक, एकता भाँड्न विचौलिया सक्रिय


ABC NEWS
चैत्र २०, २०७४ मंगलबार   २ : ०८   बजे


काठमाडौं २० चैत। पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि नेकपा एमाले स्थायी कमिटी र माओवादी केन्द्रको सचिवालयको बैठकमा एकताका मोडालिटीबारे छलफल हुने भएको छ । अहिले माओवादी केन्द्रको बैठक अध्यक्षको निवास खुमलटारमा बसिरहेको छ ।
एमाले स्थायी कमिटिको बैठक २ बजे पछि स्थायी कमिटी बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।
माओवादीले पार्टी एकीकरणमा बराबरी संख्या माग गरेको र जनयुद्ध शब्द राख्ने तथा सूर्य चिन्ह नमान्ने अडान लिएको चर्चा भइरहेका बेला एमालेको आधिकारिक धारणा तय गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । एमालेले सूर्य चिन्ह नछाड्ने र माओवादीलाई ५० प्रतिशत हिस्सा दिन नसकिने यस अघि नै अनौपचारिक सन्देश दिइसकेको छ ।

पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले समानतामा आधारित भएर मात्र एकता हुने बताइरहेका छन् । यसलाई एमाले पंक्तिले ५०र५० को अर्थमा बुझे पनि माओवादीका एक नेताले भने त्यसरी नबुझ्न आग्रह गरेको बताइएको छ ।
राजनीतिक दस्तावेज मस्यौदा कार्यदलका सदस्य समेत रहेका माओवादी स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले संख्याको कुराले पार्टी एकता नरोकिने बताए ।
माओवादी नेताहरुले ५०र५० आफ्नो बटमलाईन नभएको समेत बताएका छन् ।
एक एमाले नेताका अनुसार एमाले नेतृत्वमा पनि यस सन्दर्भमा सम्मानजनकको बुझाई फरक फरक छ । माओवादीलाई ३० प्रतिशत भन्दा बढी दिन नसकिने एकथरी नेताको अडान छ भने केही नेता संख्याका कारण एकता भाँडिन नहुनेमा सचेत छन् । दुबै पार्टीका अध्यक्ष तहमा कुरा भएपछि संख्याको विवाद मिल्ने नेताहरुले दावी गरेका छन् ।
स्रोतका अनुसार सधैंभर लाभको पदमा रहिरहनका लागि एकता भन्दा त तालमेल नै राम्रो रहेछ भन्ने धारणा माओवादीमा बढिरहेको छ । त्यसलाई अध्यक्ष प्रचण्डले नै बढ्ता मलजल गरेका छन्। सुरुदेखि नै कृष्णबहादुर महरा र बर्षमान पुन लगायतका नेता त तालमेलभन्दा अघि बढ्न नहुने भन्नेमै थिए । सरकारमा जानबाट रोकिएपछि जनार्दन शर्माहरु समेत एकता जे सुकै होस् भन्ने वितण्डतावादी सोचाईमा रहेको एक रोल्पाली नेताले बताए ।
एमाले भित्र पनि माधव नेपाल पक्षधरहरु ओली पार्टी अध्यक्ष रहेसम्म एकता गर्न नपाए हुने थियो भन्ने कोणबाट लागिरहेका छन् । नेपाल पक्षधहरहरुले ओली र माधव मिलेर प्रचण्डलाई देखाइदिने छन् भन्दै प्रचार गराइरहेबाट प्रचण्ड सशंकित बनेको एक माओवादी सचिवालय सदस्यले बताए ।
आज सांझ बालुवाटारमा बस्ने एकता संयोजन समितिको बैठकमा कार्यदलका प्रतिवेदन बुझ्न र प्रधानमन्त्री ओलीको भारत भ्रमण लगत्त्रैबाट शिर्ष तहबाटै एकताको सबै पक्ष टुंग्याउने सहमति गर्ने तयारी रहेको ओली निकट स्रोतले बतायो ।
बालुवाटार स्रोतका अनुसार सधैं ओली निकट देखिने केही पात्रहरु समेत माओवादीसंगको एकता अनावश्कय भएको भन्दै ओलीको विपक्षमा लविंग गरिरहेका छन् । केही व्यापारिक विचौलियाहरुको रसदपानीमा रमाउने ति तत्वहरुले ओली र माधव मिलाएपछि किन प्रचण्ड चाहियो भन्ने थालेको बताइएएको छ । ओलीले थाह नपाएजस्तो गरेपनि आफ्ना भन्नेहरुबाट भएका हर्कतप्रति अवगत रहेको अ‍ोलीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group