ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानवशास्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा फेरिँदो सामाजिक अवस्थाबारे छलफल


abc news

काठमाडौ ६ साउन । त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित विश्वको फेरिँदो समाज र संस्कृतिको विषयमा छलफल भएको छ ।

ललितपुरमा हिजो र अस्ति भएको छलफलमा नेपालसहित विश्वका विभिन्न १५ देशका मानव जीवनसँग सम्बन्धित ९५ विषयमा कार्यपत्र प्रस्तुत भएको छ ।

मानव जीवन र यसलाई प्रभाव पारेका जलवायु परिवर्तन, कृषि, धर्मसंस्कृति, परम्परागत ज्ञान सीप, सामाजिक साँस्कृतिक अवस्था, सामाजिक संरचना, विभेद, लैङ्गिक पहिचानलगायतका विषयमा प्रस्तुत भएका कार्यपत्रमध्ये उत्कृष्ट कार्यपत्र जर्नलमा प्रकाशित हुने मानवशास्त्री डा।सुरेश ढकालले उज्यालोलाई जानकारी दिनुभएको छ ।

सम्मेलनमा नेपालसहित भारत, चीन, क्यानडा, अमेरिका, बेलायत, जापान, बङ्गलादेश, इटली, फ्रान्सलगायत देशका मानवशास्त्रीहरुले आ–आफ्ना क्षेत्रका स्थानीय समुदायमा आएको परिवर्तनबारे कार्यपत्र प्रस्तुत गरेका हुन् ।

जलवायु परिवर्तनले आदिवासी समुदायको संस्कृति, ज्ञान सीप, जडिबुटीको प्रयोग तथा खानेपानीमा समेत सङ्कट ल्याएको विषयमा पनि कार्यपत्र प्रस्तुत भएको थियो । यस विषयमा विद्यार्थी र प्राध्यापकबीच गहन छलफल भएको छ ।

विशेषगरी मानव जीवनको अध्ययन हरेक विषयमा काम लाग्ने भएकाले मानवशास्त्रबारेको अध्ययनले व्यापकता पाएको र समय अनुसार पाठयक्रममा परिमार्जन पनि हुँदै गएको विभागका प्रमुख प्रा।डा।विनोद पोख्रेलले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी विद्याार्थीले यो सम्मेलनलाई ज्ञान हासिलको लागि महत्त्वपूर्ण अवसरका रुपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com