ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘डार्क फाइल’को फेक अडियो प्रकरणमा दोषी ठहर राजकुमार तिम्सिना पक्राउ


abc news
श्रावण ५, २०८२ सोमबार  २ : ३८ बजे

काठमाडौ ५ साउन । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएको घटनामा मुछिएका राजकुमार तिम्सिना इटहरीबाट पक्राउ परेका छन् ।

फेक अडियो प्रकरणमा सर्वोच्च अदालतबाट ६ महिना कैदको फैसला भएका तिम्सिनालाई आइतबार प्रहरीले इटहरीबाट पक्राउ गरेको हो । सर्वोच्चको फैसलापछि उनी फरार थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार इटहरी–५ पचरुकीमा महिलाबीचको लेनदेन विवादमा जोडिएपछि तिम्सिना पक्राउ गरेका थिए । पक्राउ परिसकेपछि मात्रै उनको वास्तविक परिचय खुलेको हो ।

उनका अनुसार तिम्सिनाले सुरुमा आफ्नो नाम र ठेगाना लुकाएका थिए । ‘सुरुमा घर इलाम र थर खड्का भन्थे, नाम पनि अर्कै भने, परिचय पत्र मागेर सोधीखोजी गर्दा वास्तविक परिचय खुल्यो,’ डिएसपी भण्डारीले भने, ‘सर्वोच्चको फैसलाका कारण उहाँलाई नियन्त्रणमा राखेका छौं ।’

तिम्सिनालाई फैसला कार्यान्वयनका लागि कारागार पठाउने तयारी भइरहेको उनले बताए ।

सर्वोच्च अदालतको बृहत पूर्णइजलासले गत असोज १४ गते राजकुमार तिमल्सिनालाई ६ महिना कैदको फैसला सुनाएको थियो ।

प्रहरीका अनुसार इटहरी ५ पचरुकी चोकमा दुई महिलाबीच लेनदेनको विवाद थियो । विवाद भएको सूचनापछि पुगेको प्रहरीले घटनास्थलमा तिम्सिनालाई पनि भेटेको थियो ।

दुई महिलाबीचको विवादमा उनी पनि जोडिएपछि पक्राउ गरी प्रहरी कार्यालय ल्याएको थियो । कार्यालयमा पनि उनी फरार अभियुक्त हुन् भन्ने खुलेको थिएन । परिचय पत्र हेरेपछि मात्रै फरार अभियुक्त भएको खुलेको थियो ।

गोदाबरी १० ललितपुर ठेगाना भएका तिम्सिना सर्वोच्चको फैसला पछि पर्व क्षेत्रमा थिए । प्रहरीसँगको बयानमा उनले आफू धनकुटामा बसेर काठको काम गर्दै आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com