ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्या भण्डारीसँग ओलीले भने- सदस्यताको समस्या छैन, कुरा राजनीतिक हो


abc news

काठमाडौ ५ साउन । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दोस्रोपटक पुगेकी थिइन् । संविधान सभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको श्रद्धाञ्जली कार्यक्रममा भण्डारी पहिलोपटक च्यासल पुगेकी थिइन् ।

राजनीतिक प्रयोजनका निम्ति भने आइतबार पहिलोपटक च्यासल पुगेकी हुन् । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी थिइन् ।

राष्ट्रिय राजनीतिमै चासोका साथ हेरिएको यो भेटवार्ता पौने दुई घण्टा चल्यो । भेटवार्तापछि ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतसँग सामूहिक तस्वीर लिइयो ।

नेताहरूसँग सामूहिक र ओली–भण्डारीको तस्वीर राखेर कतिपय एमाले नेताहरूले ‘एकताको सन्देश’ भनिरहेका छन् । तर उच्च स्रोतका अनुसार हाँस्दै बाहिरिएका ओली र भण्डारीबीचको सम्वाद सार्वजनिक टिप्पणी जस्तो थिएन । बरु एकले अर्कालाई गलाउने, र अप्ठ्यारो पार्नेगरी चलेको थियो ।

ओली आफू निकट नेताहरूले भण्डारीको सदस्यता नवीकरण होल्डमा राखिएको सार्वजनिक अभिव्यक्ति दिएकोमा सम्वाद केन्द्रीत थियो । ‘विद्या भण्डारीको सदस्यता नवीकरण होल्डमा राखिएको, नवीकरण नै नहुने र राजनीतिमै आउन नदिने जस्तो कुरा ओली नजिक भनिने नेताहरूले सार्वजनिक रुपमै भनिरहनु भएको,’ भंगाल स्रोत भन्छ, ‘पूर्वराष्ट्रपतिले यसैबारे अध्यक्षको धारणा माग्नु भएको थियो ।’

सचिवालय र पोलिटब्यूरो बैठकमा नभएको कुरालाई निर्णय भनी प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले पत्रकारहरूलाई सुनाएको प्रसंग पनि भण्डारीले उठाएकी थिइन् । ‘बैठकबाट कुनै निर्णय भएको हुँदैन, अनि छलफलमा कसैले उठाएको कुरालाई निर्णय भनेर सार्वजनिक गर्न मिल्छ रु,’ भण्डारीको प्रश्न थियो ।

स्रोतका अनुसार ओलीले भने सदस्यता नवीकरणको विषयमा समस्या नै नरहेको बताएका थिए । ‘तपाईंको सदस्यतामा समस्या होइन, त्यो प्राविधिक कुरा हो, भइहाल्छ,’ ओलीले भनेका थिए, ‘मैले राजनीतिक कुरा गर्न खोजेको हो ।’ ओलीले राजनीतिक विषय भनेर पूर्वराष्ट्रपतिको प्रसंग उठाएका थिए ।

‘पूर्वराष्ट्रपतिले राजनीतिमा आउँदा राम्रो सन्देश जाँदैन । तपाईं नआउनुस्’, ओलीको आग्रह थियो, ‘सम्मान लिएर बस्दा नै ठीक हुन्छ ।’

जवाफमा पूर्वराष्ट्रपति भण्डारीले भने धेरै अगाडि बढिसकेको बताइन् । ‘सदस्यता नवीकरण यसपटकको कुरा होइन । पोहोरै भइसकेको हो । तपाईसँग धेरैचोटी कुरा पनि भएकै हो’, पूर्वराष्ट्रपति भण्डारीले भनेकी थिइन् ।

तर, अहिले सदस्यता नवीकरणको कुरा उठाएर मुद्दा विषयान्तर गरिनु ठीक नहुने पनि भण्डारीले बताएकी थिइन् । अगाडि बढेर भण्डारीले अब च्यासलमा आफू नियमित आउने पनि जानकारी दिएकी थिइन् । च्यासल नियमित आउने सन्दर्भमा भने ओलीले स्वागत गरिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com