काठमाडौ ४ साउन । भारतको राजधानी दिल्लीमा शनिबार इजरायलको विरोध र प्यालेस्टिनीहरूको समर्थनमा प्रदर्शन गरिएको छ।
बीबीसी हिन्दीका अनुसार इन्डियन्स फर प्यालेस्टाइनु नामको संस्थाले दिल्लीको नेहरू प्लेसमा प्यालेस्टिनीहरूको समर्थनमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा विद्यार्थी, शिक्षक, कलाकार र आम जनताले भाग लिएको दाबी संस्थाले गरेको छ।
प्रदर्शनको उद्देश्य गाजासँग ऐक्यबद्धता देखाउनु र इजरायलले गरेको युद्धको निन्दा गर्नु हो।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ७ अक्टोबर २०२३ देखि गाजामा इजरायलले गरेको आक्रमणमा अहिलेसम्म ५८ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।
शनिबार दिल्लीमा भेला भएका प्रदर्शनकारीले इजरायलले गाजामा योजनाबद्ध र जानाजानी युद्ध सुरु गरेको र त्यसमा भारत सरकारको समेत मिलेमतो रहेको आरोप लगाएका छन्।







प्रतिक्रिया दिनुहोस्