काठमाडौ २ साउन । नेकपा एमालेले आगामी भदौमा हुने दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।
ललितपुरको च्यासलमा जारी पोलिटब्युरो बैठकमा विधान सशोधनको प्रस्तावबारे छलफल चलिरहेको छ । विधान संशोधन प्रस्ताव शुक्रबार जारी पोलिटब्युरो बैठकमा नेताहरूलाई बाँडिएको थियो ।
बिहीबार ९साउन १० गते बसेको पार्टी सचिवालय बैठकमा विधान संशोधनको प्रस्तावलाई अन्तिम रूप दिइएको थियो । आगामी भदौ २०–२२ गते एमालेको विधान महाधिवेशन हुँदै छ ।
















प्रतिक्रिया दिनुहोस्