काठमाडौ २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरेको राप्रपाका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। गिरी मनोनित उपाध्यक्ष हुन्।
यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए।
सुवेदी र लावतीलाई पदमुक्त गर्ने अध्यक्ष लिङ्देनविरुद्ध उपाध्यक्ष गिरीसहित अर्का उपाध्यक्ष उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय धवलशम्शेर राणा र कुन्ती शाहीले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका थिए।







प्रतिक्रिया दिनुहोस्