काठमाडौ २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विस २०४६ साल यताका सबै उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन माग गर्दै सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागमा पनि ज्ञापन पत्र बुझाएको छ ।
यसअघि शुक्रबार नै राप्रपाले नयाँ पुराना सबै भ्रष्टाचार काण्डको छानबिन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको थियो ।
शुक्रबार दिउँसो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा दलबलसहित सम्पत्ति शुद्धीकरण विभाग पुगेको टोलीले ०४६ यताका सबै उच्च पदस्थ नेता, कर्मचारी र उनीहरुका आफन्तहरुको समेत सम्पत्ति शुद्धीकरणका विषयमा छानबिन माग गरेको हो ।







प्रतिक्रिया दिनुहोस्