ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार छानबिन गर्न माग गर्दै अख्तियार पुग्यो राप्रपा


abc news
श्रावण २, २०८२ शुक्रबार  ४ : २७ बजे

काठमाडौ २ साउन । भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छ।

शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनसहितको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल पुगेर निवेदन दिएको हो।

निवेदन दिएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिले देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको बताए। भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा लिएको अख्तियार जस्ता कार्यालयहरु, संवैधानिक अंगहरु कतिपय सन्दर्भमा निष्क्रिय, निष्प्रभावी बताए।

०४६ साल पछिको उच्चपदस्थ नेता, कर्मचारी र उनका आफन्तहरुसमेतको अनुसन्धान हुनुपर्ने माग गरेको बताए। आफूहरूले कुनै पार्टी र व्यक्ति विशेष गरेर अनुसन्धान हुन आग्रह नगरेको उनले उल्लेख गरे।

अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको अध्यक्ष लिङदेनको भनाई छ। मन्त्रीहरु एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिष्पर्धा चलाइरहेको बताए।

अध्यक्ष लिङदेनले भने, ‘अहिले देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको छ। भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा लिएको अख्तियार जस्ता कार्यालयहरु, संवैधानिक अंगहरु कतिपय सन्दर्भमा निष्क्रिय, निष्प्रभावी जस्तो देखिएको सन्दर्भमा अख्तियारको ध्यान आकर्षण गराउनको लागि केन्द्रिय कार्यालयमा आएर उजुरी दर्ता गराएका छौँ। अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको छ। मन्त्रीहरु एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिष्पर्धा चलाइरहेका छन्।’

अध्यक्ष लिङदेनले भ्रष्टाचार प्रकरणमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता र प्रभावकारितामा गम्भीर प्रश्नहरु उठेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com