काठमाडौ २ साउन । भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छ।
शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनसहितको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल पुगेर निवेदन दिएको हो।
निवेदन दिएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिले देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको बताए। भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा लिएको अख्तियार जस्ता कार्यालयहरु, संवैधानिक अंगहरु कतिपय सन्दर्भमा निष्क्रिय, निष्प्रभावी बताए।
०४६ साल पछिको उच्चपदस्थ नेता, कर्मचारी र उनका आफन्तहरुसमेतको अनुसन्धान हुनुपर्ने माग गरेको बताए। आफूहरूले कुनै पार्टी र व्यक्ति विशेष गरेर अनुसन्धान हुन आग्रह नगरेको उनले उल्लेख गरे।
अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको अध्यक्ष लिङदेनको भनाई छ। मन्त्रीहरु एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिष्पर्धा चलाइरहेको बताए।
अध्यक्ष लिङदेनले भने, ‘अहिले देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको छ। भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा लिएको अख्तियार जस्ता कार्यालयहरु, संवैधानिक अंगहरु कतिपय सन्दर्भमा निष्क्रिय, निष्प्रभावी जस्तो देखिएको सन्दर्भमा अख्तियारको ध्यान आकर्षण गराउनको लागि केन्द्रिय कार्यालयमा आएर उजुरी दर्ता गराएका छौँ। अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको छ। मन्त्रीहरु एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिष्पर्धा चलाइरहेका छन्।’
अध्यक्ष लिङदेनले भ्रष्टाचार प्रकरणमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता र प्रभावकारितामा गम्भीर प्रश्नहरु उठेका छन्।







प्रतिक्रिया दिनुहोस्