काठमाडौ २ साउन । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धन रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रो पटक थप भएको छ ।
राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स ९जेपी० ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित आठ वर्षअघि २०७४ मङ्सिर ६ गते ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
यसअघि दुई पटक म्याद थपेर अहिलेसम्म ९० प्रतिशत भौतिक प्रगति भएको राहुघाटको सिभिल ठेकेदारसँगको सम्झौताको म्याद तेस्रो पटक मङ्सिरसम्म थपिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्