ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक दशकअघि ओली प्रधानमन्त्री हुँदा तय गरिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अधुरै


abc news

काठमाडौ २ साउन । एक दशकअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तय गरिएको सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै रहेको छ ।

२०७१ सालमा तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले हरेक प्रदेशमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अघि सार्नुभएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७२ सालमा सात वटै प्रदेशमा एकरएक वटा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय पनि गरेको थियो । ०७२ साल चैतमा सरकारले मोतीपुर औद्योगिक क्षेत्र, नौवस्ता औद्योगिक क्षेत्र र दैजी औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय गरेको थियो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७३र७४ को बजेटमार्फत एक प्रदेश एक औद्योगिक क्षेत्रको नीति अवलम्बन गर्दै ठूला औद्योगिक क्षेत्र निर्माणको घोषणा गर्नुभयो ।

निर्णयानुसार तत्कालीन केपी ओली नेतृत्वको सरकारले कोशीमा झापाको दमक, मधेशमा सर्लाही, बागमतीको हेटौँडा र चितवनको शक्तिखोर, गण्डकीमा लेखनाथको पटनारी, लुम्बिनीमा बुटवलको मोतीपुर, कर्णालीमा सुर्खेत र जुम्ला तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको दैजीमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गर्‍यो ।

तर यो निर्णयको कार्यान्वयन अहिलेसम्म पनि अलपत्र छ । कतै जग्गा प्राप्ति मात्रै भएको छ भने कतै औद्योगिक क्षेत्र शिलान्यासमा सीमित छ । सातै प्रदेशमा औद्योगिक क्षेत्र सञ्चालनमा ल्याएर कम्तीमा १० लाखलाई प्रत्यक्ष र ३० लाख जनालाई अप्रत्यक्ष रोजगारी दिने योजना भए पनि कार्यान्वयन हुन सकेको छैन ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले झापाको दमकदेखि कञ्चनपुर दैजीसम्म सात वटै प्रदेशमा औद्योगिक क्षेत्र बनाउने योजना अघि बढ्न नसकेको र यसका लागि बजेट जुटाउन कठिन रहेको बताउनुभयो । उहाँका अनुसार एउटा औद्योगिक क्षेत्र बनाउन कम्तीमा १० अर्ब रुपैयाँ चाहिन्छ ।

सरकारले राजनीतिक लाभ एवम् लोकप्रियताका लागि औद्योगिक क्षेत्र घोषणा गरे पनि पर्याप्त बजेट र प्राथमिकता नदिँदा अपेक्षित काम हुन नसकेको जानकारहरूको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com