काठमाडौ २ साउन । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अझै एकताका लागि कुरा हुने सम्भावना रहेको बताएका छन्।
वरिष्ठ पत्रकार विजय कुमारसँग दिशानिर्देश कार्यक्रममा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डसँग फेरि भेट हुने र कुरा हुने सम्भावना रहेको धारणा राखेका हुन्।
आज प्रचण्डजी र तपाईंको सम्बन्ध कस्तो छरु प्रचण्डजीसँग फेरि एकता हुने सम्भावनारु
प्रधानमन्त्रीस् उहाँको र मेरो कहिले कहिले भेट हुने र कुरा हुने सम्भावना छ।
सम्बन्ध त तपाईंको स्वर्ग जाने र नर्क जाने भनेर प्रचण्डजीसँग थियो नि ?
ओलीस् स्वर्ग जाने नर्क जाने सम्बन्ध थियो। भन्नुभएको हो, उहाँँले पनि धेरै पल्ट भन्नु भएको हो। ।।।धेरैपल्ट धोका दिनुभएको हो। स्वर्ग जाने, नर्क जाने, हाम्रो विषयमा मौखिक मात्रै होइन। त्यै शब्दमा लिखितम् नगरे पनि धेरै शब्दमा धेरै पल्ट लिखितम् गरेका हौँ। पछि ती लिखितमहरू अर्थहीन भएर गएका हुन् र नभएका कुराहरू पछि आएका हुन्। तपाईंले यो पछिल्लोपल्ट उहाँँले पार्लियामेन्टमा बोलेको सुन्नुभयो होला।
उक्त अन्तर्वार्ताको अंश प्रधानमन्त्रीकै सचिवालयले नेपालखबरलाई उपलब्ध गराएपछि प्रकाशन गरिएको हो।







प्रतिक्रिया दिनुहोस्