काठमाडौ १ साउन । नेपाल वायुसेवा निगमले दुई न्यारोबडी र दुई वाइडबडी खरिद गर्दा लिएको ऋणको असार मसान्तसम्मको पूरा र आंशिक भुक्तानी गरेको छ।
प्रवक्ता सुवास डाँगीका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडीको असारसम्मको पूरा किस्ता र दुई वाइडबडीको आंशिक भुक्तानी गरेको हो।
३२ गते कुल ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरिएको उनले बताए।
निगमले असारसम्म कुल ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार ३७६ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ।







प्रतिक्रिया दिनुहोस्