ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौद्रिक नीति कार्यान्वयनमा : शेयर कर्जा र घर किन्नेलाई सहज


abc news

काठमाडौ १ साउन । मौद्रिक नीतिको नयाँ व्यवस्था कार्यान्वयनमा आएको छ । नयाँ मौद्रिक नीतिले शेयर कर्जा र घर किन्नेलाई सहज बनाएको छ ।

मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ कायम गरिएको छ । यस्तै व्यक्तिगत शेयर कर्जाको सीमा २५ करोड बनाइएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार परिपत्र जारी गरेर मौद्रिक नीतिमार्फत गरिएका धेरैजसो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ । नीतिगत परिमार्जनसम्बन्धी केही व्यवस्था भने कार्यान्वयनमा आएका छैनन् ।

मौद्रिक नीति कार्यान्वनबाट २०८० कात्तिकको भूकम्पबाट प्रभावित जाजरकोट, रुकुमलगायत क्षेत्रमा सञ्चालनमा रहेका व्यवसायमा प्रवाहित कर्जा तथा ती क्षेत्रमा बसोबास गरिरहेका नागरिकले लिएको आवासीय घर कर्जालगायत व्यक्तिगत कर्जाका ऋणीले पनि केही राहत पाउने भएका छन् ।

मौद्रिक नीतिले उनीहरुको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरेर तोकिएका सर्तको अधीनमा रही कर्जाको पुनर्तालिकीकरण वा पुनःसंरचना गर्न सकिने व्यवस्था गरेको छ ।

यस्तै मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर अधिकतम २५ करोड रुपैयाँ बनाएको हो ।

अब बैंक तथा वित्तीय संस्थाले त्रैमासिक वित्तीय प्रतिवेदन १५ दिनभित्र र चौथो त्रैमासको प्रतिवेदन ३० दिनभित्र प्रकाशन गरिसक्नुपर्नेछ ।

मौद्रिक नीतिले वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंकजस्तै राष्ट्रिय स्तरका वित्त कम्पनीलाई निक्षेप सङ्कलनमा कुनै सीमा लगाइएको छैन ।

अब वैदेशिक रोजगारमा जाने व्यक्तिले बिनाधितो ३ लाख रुपैयाँ र महिलाले ५ लाख रुपैयाँसम्म कर्जा पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com