काठमाडौ ३२ असार । दक्षिण गाजामा रहेको एक सहायता वितरण केन्द्रमा ठूलो भिड र अव्यवस्थित परिस्थितिका बीच खानेकुरा लिने प्रयास गर्ने क्रममा २० जनाको ज्यान गएको छ ।
अमेरिका र इजरायल समर्थित गाजा मानवीय सहायता केन्द्र जीएचएफ का अनुसार तीमध्ये १९ जनाको मृत्यु भीडमा किचिएर भएको हो भने एक जनाको छुरा प्रहारबाट हत्या भएको हो ।
यो घटना खान युनुस क्षेत्रमा जीएचएफ नजिक भएको जनाइएको छ ।
यसअघि खान युनुसको नासेर अस्पतालले १० जनाको शव प्राप्त गरेको जनाएको थियो। जीएचएफको सहायता केन्द्रलाई अमेरिकी निजी सुरक्षाकर्मीहरूले बन्द गरेपछि त्यहाँ भागदौड मच्चिएको थियो ।
जीएचएफले मे महिनाको अन्त्यदेखि सहायता सामग्री वितरणको काम थालेको हो । त्यसयता लगभग प्रत्येक दिन सहायता लिन खोज्दा प्यालेस्टिनीहरूको मृत्युको खबरहरू आइरहेका छन् ।
प्रत्यक्षदर्शीहरूले धेरैजसो मानिसहरूलाई इजरायली सुरक्षाकर्मीहरूले गोली प्रहार गरेर मारिरहेका बताउने गरेका छन् ।
संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले मंगलबार उल्लेख गरेअनुसार पछिल्ला छ हप्तामा जीएचएफका दक्षिण र मध्य गाजामा रहेका चारवटा सहायता केन्द्र वरिपरि ६७४ जनाको मृत्यु भएको छ ।







प्रतिक्रिया दिनुहोस्