काठमाडौ ३२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन्। बुधबार काठमाडौँमा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले संस्कृति अमूर्त विषय भएको र यसभित्रै शक्ति र समाजको प्राण रहेको बताउँदै संस्कृति नभएको समाज नहुने तथा समाजको पहिचान संस्कृतिमै रहने उल्लेख गरे।
‘संस्कृति एउटा अमूर्त विषय हो। तर यसै भित्र शक्ति छ, यसैभित्र प्राण छ। संस्कृति भनेको प्रत्येक समाजको प्राण तत्व हो। यदी संस्कृति छैन भने त्यो समाज छैन भनेर बुझ्दा हुन्छ। त्यो समाजको पहिचान छैन भन्ने बुझ्दा हुन्छ, उनले भने, संस्कृतिले बोकेको साहित्य र दर्शन अनुपम छ। त्यो दुनियाँका लागि दर्शनीय छ। हाम्रो पर्यटन विविधतापूर्ण छ। नागरिक उड्डयन क्षेत्र छ। यो सरकारको एक वर्ष पुगेको छ। मैले यो बीचमा प्रकृति र संस्कृतिका विविधताको कुरा गरेको छु। संस्कृति र प्रकृतिलाई चलायमान बनाउने र यसको अधिकतम उपयोग गर्ने काममा लागेको छु।
मन्त्री पाण्डेले सुधारका कुराहरू छायामा पारेर नकारात्मक कुरा मात्रै गर्ने काम गलत भएको बताए। मन्त्रालयले सुधारका विभिन्न योजनासहित काम गरिरहेको उनको भनाइ छ।







प्रतिक्रिया दिनुहोस्