ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतमा डाफे समर टेनिसको उपाधि विनोद खड्कालाई


abc news

काठमाडौ ३२ असार । बेलायतमा गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एकदिवसीय ‘डाफे समर टेनिस टुर्नामेन्ट २०२५’को प्रमुख उपाधि विनोद खड्काले जितेका छन्। उनी गत वर्ष सोही प्रतियोगिताको रनर अप थिए।

शनिबार ९१९ जुलाई० कोल्चेस्टरस्थित लेक्सडेन हिल लन टेनिस क्लबको ग्रास कोर्टमा सम्पन्न प्रतियोगितामा प्रमुख उपाधिका निम्ति मिन्स सिङ्गल्स डिभिजन ए तर्फको फाइनल खेलमा खड्काले देव गुरुङलाई ५(३, २(४, ४(१ को अन्तरमा पाखा लगाउँदै उपाधि हात पारेका हुन्।

पहिलो सेट ५(३ झिनो अन्तरले आफ्नो पक्षमा पारेका खड्काले दोस्रो सेट २(४ को अन्तरले गुमाएका थिए। तर, तेस्रो सेटमा लयमा फर्किएका उनले अवसरहरूलाई आफ्नो पक्षमा पार्दै अन्तिम तथा तेस्रो सेट ४(१ को सहज अन्तरमा पारी उपाधि हात पारेका हुन्।

ग्रास कोर्टमा सहज अनुभव गर्ने अनुभवी खड्काले क्लबद्वारा आयोजित धेरै प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आइरहेका छन्।

त्यसैगरी, ओपन बीतर्फ शहदेव पन्तले जन्मजय गिरीलाई हराउँदै विजेता बने।

४५ वर्षभन्दा माथि भेटेरान्सतर्फको फाइनल खेलमा राजु गुरुङले पञ्च पुनलाई हराए।

त्यसैगरी, ५५ माथितर्फ नमराज गुरुङले वीर बलाललाई पराजित गरे। ओपन सी नोभाइसतर्फ हर्क गुरुङले सार्थक गुरुङलाई पराजित गरे।

त्यस्तै, मिन्स डबल्सको ओपनतर्फ सोमेन र नेल पुन को जोडीले सञ्जय तामाङ र हिमांशु ज्ञवालीको जोडीलाई पराजित गरे।

लेडिज सिङ्गल्सतर्फ कल्पना पुनले सपना पुनलाई हराइन्।

अल्मोश किरात सुनुवार बेस्ट न्यु कमर खेलाडी घोषित भए।
प्रतियोगितामा दर्जनौँ नेपाली टेनिस खेलाडी सहभागी थिए। प्रतियोगिता मेजर सरोज राईकी स्वर्गीय दिदीको सम्झनामा हरेक वर्ष आयोजना गर्ने गरिएको छ। प्रतियोगिताको प्रमुख प्रायोजक मेजर राई र उनका परिवार हुन्।

प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई मेजर राईका आमा र क्लबका अध्यक्ष हर्कबहादुर गुरुङले संयुक्त रूपमा ट्रफी प्रदान गरेका थिए।

सन् २०१७ मा आधिकारिक रूपमा स्थापना भएको क्लबले विन्टर, स्प्रिङ, समर र अटम गरी वर्षमा ४ वटा ठूला प्रतियोगिता सञ्चालन गर्ने गरेको छ।

अटम प्रतियोगिता आगामी अक्टोबरमा अल्डरसटको आर्मी टेनिस सेन्टरमा आयोजना गरिने क्लबले जनायो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com