ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् – राष्ट्रपति ट्रम्प


abc news

काठमाडौँ, ३२ असार । युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन भित्रमा वार्तामा नआए कडा कर नीति लिने घोषणापछि चर्चामा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका त्यस पछिका अभिव्यक्ति त्यत्तिकै चर्चामा छन्।

मङ्गलबार बिबिसीसँगको अन्तरवार्तामा रुसी राष्ट्रपतिलाई विगतमा विश्वास गरेको विषयमा ट्रम्पले भने, ‘म कसैलाई पनि विश्वास गर्दिन। तपाईँलाई पनि।’ उनले पुटिनले विगतमा धेरै अमेरिकी राष्ट्रपतिलाई मूर्ख बनाएको भए पनि अहिले आफूलाई मूर्ख बनाउन नसक्ने बताए।

ट्रम्पको अहिलेको अभिव्यक्ति विगतको भनाइसँग धेरै कुरामा बाँझिएको भन्दै सञ्चार माध्यममा आलोचना भएको छ। ५ महिना अघि उनले पुटिनमाथि विश्वास भएको भन्दै पुटिनले युक्रेनमा शान्ति चाहने अभिव्यक्ति दिएका थिए।

अप्रिल महिनामा टाइम म्यागेजिनमा दिइएको अन्तरवार्तामा ट्रम्पले पुटिन शान्ति स्थापनामा सरिक हुने कुरा बताएका थिए।

एक वर्ष अघि अमेरिकी राष्ट्रपति पदको उम्मेदवारको रूपमा चुनावी अभियानमा रहेका ट्रम्पमाथि आक्रमण भएको थियो। त्यसैको संस्मरण गर्दै ट्रम्पसँग २० मिनेट लामो अन्तरवार्ता गरेको बिबिसीले जनाएको छ। सो अन्तरवार्तामा ट्रम्पले आफूले सधैँ शान्ति चाहेको तथा युक्रेनमा मानिसरू मरेको हेर्न नचाहेको कुरामा जोड दिएका छन्।

सन् २०२२ को फेब्रुअरीमा छिमेकी युक्रेनमा आक्रमण सुरु गरेको रुसले पछिल्ला साता केही डरलाग्दा मिसाइल आक्रमण गरेको छ। यसले अहिले युक्रेनमा धेरै मानिसको ज्यान जान थालेपछि ट्रम्पले हतियार सहयोगको वचन दिएका थिए।

विगतमा नाटोको आलोचना गरेका ट्रम्प अहिले युक्रेनलाई सहयोग गर्ने विषयमा नाटो नेतृत्वसँग फेरि नजिकिएका छन्। नाटोले सुरक्षा खर्चमा पाँच प्रतिशत वृद्धि गर्ने निर्णय गरेकोमा समेत ट्रम्पले यसको प्रशंसा गरेका छन्। उनले यस निर्णयका कारण साना देशलाई लाभ पुगेको बताएका छन्।

ट्रम्पले अन्तरवार्ताको क्रममा जर्मनी, फ्रान्स र स्पेनका नेताले आफूलाई सम्मान गर्ने बताए। उनले दुई पटक राष्ट्रपति निर्वाचित हुनुको मतलब आफू प्रतिभाशाली भएको सबैले बुझेको उनको भनाइ छ।

उनले आफू आप्रवासी नियन्त्रणमा कठोर भएको बताउँदै मेक्सिको र अमेरिकाको सीमामा गरिएको सुरक्षा कडाइलाई आफ्नो कार्यकालको महत्त्वपूर्ण काम भएको बताएका छन्।

उनले एक वर्ष अगाडि मृत अमेरिकालाई अहिले महान् बनाउने काम भइरहेको दाबी गरेका छन्। भन्छन्, ‘अमेरिका फेरि महान् बनाउँदै छु। एक वर्ष अघि यो मृत थियो।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com