ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रको चार महिने नयाँ कार्ययोजना साउन १ गतेदेखि कार्यान्वयन हुने


abc news

काठमाडौ ३१ असार । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ले पार्टी संगठनलाई सुदृढ र प्रचार संयन्त्रलाई आक्रामक बनाउन एकसाथ महत्त्वपूर्ण निर्णयहरू गरेको छ। केही दिन अगाडि सम्पन्न माओवादीको पदाधिकारी बैठकले गरेको निर्णय कार्यान्वयनका लागि स्थानीय पार्टी कमिटीलाई परिपत्र गरिएको छ ।

जसमा विभिन्न विभाग र केन्द्रीय कार्यालयका बैठकहरूले नयाँ जिम्मेवारी बाँडफाँटदेखि चार महिने विशेष प्रचार कार्ययोजनासम्म पारित गरेका उल्लेख छ । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आगामी २०८२ साउन १ देखि कार्तिक ३० सम्मका लागि चार महिने कार्ययोजना सार्वजनिक गरेको छ भने केन्द्रीय कार्यालयले पार्टी एकता प्रक्रियाबाट आएका २० जना नेताहरूलाई केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी तोकेको छ।

पार्टीका अध्यक्ष प्रचण्ड र विभागका प्रमुख अग्नि सापकोटाको उपस्थितिमा असार २३ गते बसेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकले पार्टीका कामलाई जनतामाझ स्थापित गर्न र प्रतिस्पर्धीका गलत कार्यको भण्डाफोर गर्न विस्तृत कार्ययोजना अघि सारेको छ।

विभागका इञ्चार्ज अग्नि सापकोटाद्वारा जारी परिपत्रअनुसार प्रचार कामलाई व्यवस्थित गर्न विभिन्न समितिहरू गठन गरिएको छ। जसअनुसार सामाजिक सञ्जाल समन्वय समितिमा विश्वदीप पाण्डे, टेलिभिजन प्रसारण समितिमा बबिन शर्मा, पत्रपत्रिका समन्वय समितिमा दीपेन्द्र रावल, पत्रकारिता सम्बन्धी बाह्य माध्यम समन्वय समितिमा आस्था के।सी।, कर्णाली प्रदेश संयोजनमा दीपेन्द्र शर्मालाई तोकिएको छ ।


यस्तै कार्ययोजनामा पार्टीको आधिकारिक मुखपत्र प्रकाशन गर्ने, प्रदेश तहसम्म डिजिटल साक्षरता अभिमुखीकरण गर्ने, पालिका तहसम्म ‘आईसीटी कमिटी’ बनाउन आग्रह गर्ने र पार्टीको वेबसाइट तथा सामाजिक सञ्जाललाई नियमित अद्यावधिक गर्ने जस्ता कार्यक्रमहरू समावेश छन् ।


बैठकमा अध्यक्ष प्रचण्डले सामयिक र समुचित प्रचार–प्रसारको महत्वमाथि जोड दिँदै समग्र प्रचार मोर्चालाई प्रभावकारी ढङ्गले परिचालन गर्न निर्देशन दिएका थिए ।

यसैगरी, असार २६ गते अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कार्यालय ९पदाधिकारी०को बैठकले पार्टी एकता प्रक्रियामा सामेल भएका २० जना नेताहरूलाई नयाँ जिम्मेवारी दिएको छ। महासचिव देव गुरुङद्वारा हस्ताक्षरित परिपत्रअनुसार किरण थापा कास्की० लाई केन्द्रीय सदस्य तथा कृष्ण कुमार भण्डारी काभ्रे०, मिनबहादुर दर्जी झापा०, मोदनाथ तिमिल्सिना सिन्धुली० लगायत २० जनालाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ।

बैठकले मुस्लिम मोर्चाको इन्चार्जको जिम्मेवारी पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल ९बलदेव० लाई तोक्ने निर्णय पनि गरेको छ। साथै, पार्टी स्थायी समितिको बैठक छिट्टै बोलाउने निर्णय भएको परिपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com