काठमाडौ ३१ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भक्तपुरका मालपोत कार्यालय प्रमुख र कार्यालय सहयोगीलाई २४ लाख ५० हजार रूपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।
कार्यालय प्रमुख ५४ वर्षीया कुमार आचार्य र कार्यालय सहयोगी ५१ वर्षीय टीकाराम राउतलाई नियन्त्रणमा लिएको अख्तियार स्रोतले जानकारी दिएको छ।
उनीहरूलाई मंगलबार कार्यालयबाटै नियन्त्रणमा लिइएको हो।
अख्तियार प्रवक्ता राजेन्द्र पौडेलले भने टोली नियन्त्रणमा लिन गएको र थप जानकारी पाइनसकेको बताए।
आचार्य उदयपुर बेलका नगरपालिका(४ हरीपुर घर भई कागेश्वरी मनोहरा नगरपालिका(७ बस्छन्। भने राउत चाँगुनारायण नगरपालिका(९ घर भई मध्यपुर ठिमी नगरपालिका(१ मा बस्छन्।
उनीहरूले भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टागरी सो जग्गाको मोहीको नाममा जग्गा धनी प्रमाणपत्र बनाउने प्रयोजनाको लागि घुस लिएको आरोप छ।







प्रतिक्रिया दिनुहोस्