ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महेन्द्र मोरङ क्याम्पस स्ववियु सभापतिको कार्यकक्षमा भेटियो खुकुरी, प्रहरीले थाल्यो अनुसन्धान


abc news
असार ३१, २०८२ मंगलबार  ४ : ५९ बजे

काठमाडौ ३१ असार । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापतिको दराजमा २ वटा खुकुरी भेटिएपछि प्रहरीले अनुसन्धान थालेको छ।

केहीबेर अघि खुकुरी भेटिएको बारेमा विद्यार्थीहरूको बिचमा होहल्ला भएपछि प्रहरी स्ववियु भवनमा पुगेको थियो।

महेन्द्र मोरङ क्याम्पसमा पछिल्लो समय खुकुरी काण्ड बढ्दै जाँदा सभापति रोहित यादवको कार्यकक्षमा पुगेर प्रहरी निरीक्षक अप्रिल चापागाईँ नेतृत्वको टोलीले अनुसन्धान थालेको थियो। अनुसन्धान गर्ने क्रममा दुई थान खुकुरी फेला परेको चापागाईँले बताए।

‘निक्कै भिडभाड भएको बेलामा एक जना बहिनी विद्यार्थी ले यी खुकुरीहरू कोही दुईजना मान्छेसँग थियो भन्नुभएको थियो,’ उनले भने, ‘खुकुरी लिएर आउने उनीहरू अहिले क्याम्पस परिसर भित्र नभएको भन्ने जानकारी आएको छ। यस बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ।’

प्रहरीले स्ववियु सभापतिको कार्यकक्षभित्र भएको खुकुरी नियन्त्रणमा लिएको जनाएको छ। यस बारेमा महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति रोहित यादवले त्यो खुकुरी आफूले नल्याएको दाबी गर्दै आएका छन्। स्ववियुको कार्यालय बिहान ६ बजेदेखि नै खुल्ने भएकोले सबै विषय आफूलाई थाहा नहुने जिकिर गरे।

सभापतिको दराजमा राखिएको अवस्थामा भेटिएको खुकुरी कसले ल्याएर राखिएको हो भन्नेमा प्रहरी नै अन्यौलता देखिएको छ।

सभापति यादव भन्छन्, ‘यदि मैले खुकुरी ल्याएर राखेको कसैले प्रमाणित गरिदियो भनेँ म सभापतिबाट राजीनामा दिन्छु।’

आफ्नो ज्यानको सुरक्षाको लागि खुकुरी आवश्यक नपर्ने उनले दाबी गरे।

‘रोहित यस्तो लिडर हो उसलाई ज्यानको सुरक्षाको लागि खुकुरी चाहिँदैन,’ उनले भने, ‘कसैले फसाउनको लागि राखेको हुनसक्छ, यहाँ मलाई फसाउन धेरै मान्छे लागेका छन्।’

स्ववियु निर्वाचनताका महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका बिच खुकुरी हानाहान भएको थियो। खुकुरी हानाहान हुँदा केही नेविसंघका विद्यार्थी नेताहरू नै घाइते भएका थिए, भने केहीलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com