ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपामा हक खोज्दा जनआन्दोलन समिति संयोजक पद धरापमा


abc news
असार ३१, २०८२ मंगलबार  २ : २८ बजे

काठमाडौ ३१ असार । स्वागत नेपालले नवराज सुवेदी आफ्नो पुरानै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मा फर्कन चाहेकाले अब ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को नयाँ संयोजक चयन गरिनुपर्ने आशय व्यक्त गरेका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको अनुशासन समितिको संयोजकबाट हटाएपछि त्यही पद कायम गरी पाऊँ भनी सुवेदीले आइतबार निर्वाचन आयोगमा उजुरी दिएपछि नेपालले सोमबार मध्यराति विज्ञप्ति जारी गरी अब उनी यता राजावादी आन्दोलनको संयोजक नरहेको दाबी गरेका हुन्।

‘समितिका संयोजकज्यूलाई सबैका साझा व्यक्तित्वका रूपमा उहाँले पार्टीको आबद्धता परित्याग गर्नुभएको घोषणापश्चात् ४४ वटा पार्टी, अभियान र संघसंस्थाहरूले स्वीकार गर्नुभएको थियो तर पुनः पार्टीकै जिम्मेवारीमा रहन चाहनु भएपछि आन्दोलनले पुनः स्वतन्त्र संयोजनकारी भूमिका निर्वाह गर्ने सामूहिक प्रयास खोजेको छ’ ,नेपालले विज्ञप्तिमा लेखेका छन्, ‘उहाँले आफू आफ्नो पूर्ववत् पार्टीको जिम्मेवारीमै रहन चाहनु भएको अभिव्यक्ति दिनु पूर्वसम्मको भूमिकाका लागि उहाँमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्न कसैले कञ्जुस्याइँ गर्नु हुँदैन।’

तर स्वागत नेपाल तिनै व्यक्ति हुन्, जसले केही समयअघि ‘बुढाहरूले राजा फर्काउन नसक्ने’ भन्दै जनआन्दोलन समितिबाट बाहिरिएको घोषणा गरेका थिए। अहिले विज्ञप्तिमा उनले आफूलाई ‘संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता’ भनी लेखेका छन्।

उता अध्यक्ष लिङ्देन पक्षका नेताहरूले भने सुवेदीले सार्वजनिक रूपमै राप्रपा त्यागको घोषणा गरेकाले फेरि त्यही पद दाबी गर्न नमिल्ने दाबी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com