ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस–एमालेले गरे सरकारमा आउन प्रस्ताव, जसपा नेपालले खोज्यो प्याकेजमै सहमति


abc news

काठमाडौ ३१ असार । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले ले जनता समाजवादी पार्टी नेपाललाई सत्ता सहकार्यको प्रस्ताव गरेका छन्। सोमबार अबेर रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस–एमालेले यसअघिका त्रुटि सच्याउन कोर्स करेक्सन आफूहरू तयार रहेको भन्दै सहकार्यका लागि आग्रह गरेको जसपा नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकिशोर यादवले जानकारी दिए।

‘हामी सँगै थियौं, किन समर्थन फिर्ताको निष्कर्षमा पुग्नुभयो भन्ने उहाँहरूको कुरा थियो। सहकार्य गरेर जाऔं, हिजोका कमीकमजोरी दोहोरिन दिनेछैनौं भन्नुभयो,’ यादवले भने, ‘हामीले तपाईंहरूले प्रतिबद्धता अनुरूपको काम गर्नुभएन, गठबन्धनका निर्णयमा सामेल गराउनुभएन, जनसांख्यिक आधारमा बजेट वितरण भएन, मधेस अन्यायमा पर्‍यो भन्यौं।’

दुई ठूला दल, कांग्रेस र एमाले मिलेर सरकार चलाएपछि आफूहरूले बिनास्वार्थ, बिनाबार्गेनिङ बाहिरै बसेर समर्थन गरेको तर सरकार प्रतिबद्धताबाट एकपछि अर्को गरी पछि हट्ने मात्रै होइन जसपा नेपाललाई जहाँ पनि असहयोग गर्ने गर्न थालेपछि समर्थन दिइराख्नुको औचित्य नदेखेको कुरा बैठकमा बताएको यादवले भने।

फेरि सहकार्यको ढोका खोल्ने हो भने प्याकेजमै सहमति हुनुपर्ने अडान आफूहरूले राखेको यादवको भनाइ छ।

‘संविधान संशोधन लगायत प्रतिबद्धता कार्यान्वयनमा तपाईंहरूमा उदासीनता देख्यौं। हामीलाई सत्ता साझेदारको व्यवहार पनि भएन। सत्ता गठबन्धनको निर्णयमा हामीले अपनत्व पनि लिन पाएनौं। कांग्रेस–एमाले बसेर छलफल गर्ने र हामीलाई जानकारी दिने मात्रै काम भयो। यसरी सत्ता सहकार्य हुँदैन,’ बैठकमा आफूहरूले राखेको कुरा उद्धृत गर्दै राजकिशोर यादवले भने।

सरकार सञ्चालनमा संघदेखि प्रदेशसम्मै समस्या रहेको बताउँदै मधेसमा जसपा नेपाललाई बाइपास गर्दै त्यहाँको अर्थमन्त्रीले दुईवटा रेडबुक बजेट पुस्तिका० ल्याएको सन्दर्भ पनि उठेको बताए।

‘जहाँ पनि हामीलाई पेल्ने काम भएको छ भनेर हामीले भनेपछि मधेस प्रदेशमा के भएको हो भनेर गृहमन्त्री रमेश लेखकले त्यहाँका अर्थमन्त्री सुनीलकुमार यादवलाई फोन गरेर बुझ्नुभएको थियो। भनेपछि समस्या रहेछ नि१ यसरी सहकार्य हुँदैन, सहकार्य गर्ने हो भने प्याकेजमै सहमति खोजौं भनेर हामीले स्पष्ट भाषामा भन्यौं,’ यादवले भने।

प्याकेजअन्तर्गत संघदेखि प्रदेशसम्म देखिएका त्रुटि सच्याउन तयार हुनुपर्ने, संसदमा विचाराधीन भूमिसम्बन्धी विधेयकमा जसपा नेपालले सुरूदेखि उठाउँदै आएका विषय समावेश हुनुपर्ने, सत्ता गठबन्धनभित्रको मुख्य निर्णयमा जसपा नेपालको सहमति र अपनत्व हुनुपर्ने लगायत कुरा रहेको यादवले बताए।

यसमा सैद्धान्तिक सहमतिको स्पष्ट आधार बनेपछि मात्रै सत्ता सहकार्यको ढोका खुल्ने उनले बताए।

‘हिजो पनि पार्टी विभाजनको पीडा भुलेर हामीले समर्थन गरेका थियौं। पार्टीमा ठूलो विरोध थियो। प्रश्न उठिराखेको थियो। तर पनि कांग्रेस–एमालेको विश्वास गरेर समर्थन गरेका थियौं। तर प्रतिबद्धताअनुरूपको काम नै नभएपछि हामी किन समर्थन दिने भन्ने निष्कर्षमा पुगेका थियौं। फेरि सहकार्य गर्ने हो भने सहमतिको स्पष्ट खाका ल्याउनुहोस् भनेका छौं,’ उनले भने।

त्यसमा कांग्रेस–एमाले सकारात्मक देखिएको र एउटा कार्यदल बनाएरै सहमति खोज्ने समझदारी जुटेको उनले बताए। अर्थतन्त्रमा समयानुकूल सुधार, न्यायोचित बजेट वितरण, सामाजिक न्यायका विषयमा जसपा नेपालको दृष्टिकोणको सुनुवाइ लगायतका विषयमा समझदारी बने सहकार्यका लागि आफूहरू इच्छुक रहेको उनको भनाइ छ।

सोमबारको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, एमाले महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकिशोर यादव सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com