ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव


abc news

काठमाडौ ३१ असार । घुस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई कारबाही गर्न सरकारमाथि दबाव बढेको छ ।

घूस ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तालाई तत्काल बर्खास्त गरेर कारबाही गर्न सडकदेखि सदनसम्मबाट दबाव बढेको हो । तर सुशासन आयोगको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली यसबारे अझै मौन हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई राजीनामा दिन निर्देशन दिएको भनिए पनि यसबारे औपचारिक जानकारी सार्वजनिक भएको छैन ।

प्रधानमन्त्री ओलीले हिजो मन्त्री गुप्तालाई बोलाएर छलफल गर्नुभएको थियो । तर गुप्तालाई मन्त्री पदबाट हटाउनेबारे कुनै निर्णय भएन ।

मन्त्री गुप्ताले घुस मागेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको छ । अख्तियारले अडियो परीक्षण गर्न विधि विज्ञान प्रयोगशालामा पठाएको छ ।

मन्त्री गुप्ता, बिचौलिया पुरुष र एक महिलाबीच कुराकानी भएको ९ मिनेटको अडियोमा ‘मालपोत कार्यालय कास्कीका तत्कालीन कार्यालय प्रमुखको सरुवा रोक्न सामान्य प्रशासनमन्त्री गुप्ताले बिचौलियासँग ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ गरी ७८ लाख रुपैयाँ घुस डिल गरेको उल्लेख छ ।

६ महिनाअघि भएको यो घुस संवादको अडियो केही दिनअघि मात्रै सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com