ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्ततः वामदेव एकीकृत समाजवादीको वरिष्ठ नेता, वरीयता तेस्रो


ABC News

काठमाडौं २७ असार । नेकपा विघटन भएपछि अलपत्र परेका नेता वामदेव गौतम अन्ततः नेकपा (एकीकृत समाजवादी)मा समेटिएका छन् ।
उनको उक्त पार्टीमा वरीयता तेस्रो रहने भएको छ।

‍शुक्रबार बिहान नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीबीच पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएपछि गौतमको वरीयतामा पनि सहमति भएको उपाध्यक्ष गंगालाल तुलाधरले जानकारी दिए।

उनका अनुसार हाल गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ। एकीकृत समाजवादीमा घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाल वरिष्ठ नेता छन्।

‘पहिलो वरियतामा अध्यक्ष माधवकुमार नेपाल, दोस्रोमा सम्मानित नेता झलनाथ खनाल हुनुहुन्छ। त्यसपछि वामदेव गौतम तेस्रो वरियताको वरिष्ठ नेता रहने कुरामा सहमति भएको हो,’ उपाध्यक्ष तुलाधरले भने।

उनका अनुसार वामदेव गौतमपछिको वरियताअनुसार बेदुराम भूसाल त्यसपछि प्रमेश हमाल, घनेन्द्र बस्नेत र त्यसपछि राजेन्द्र पाण्डे रहनेछन्। पाण्डे पार्टीका वरिष्ठ उपाध्यक्ष हुन्।

उनले बाँकी नेताहरूको जिम्मेवारी पार्टी एकता घोषणा कार्यक्रममै सार्वजनिक गरिने बताए।

साउन २ गते दुई पार्टीबीच एकता घोषणा कार्यक्रम तय भएको छ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले पनि गौतमलाई तेस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी दिने सहमति भएको बताए।


‘अध्यक्ष र सम्मानीत नेतापछि उहाँको वरीयता तोकिएको छ’ उनले भने।

उपाध्यक्ष तुलाधरले गौतम एकीकृत समाजवादी पार्टीमा एकीकृत भएका कारण एकीकरणपछि बन्ने पार्टीको नाम परिवर्तन नहुने पनि बताए।

‘एकीकृत समाजवादीको विचार, एजेन्डा र नीतिमा सहमत भएर आउनुभएको हो। त्यसकारण पार्टीको नाम, एजेन्डा फेर्नुपर्ने भन्ने कुरा छैन’ उपाध्यक्ष तुलाधरले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com