ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेसले सात दिनसम्म पार्टीको झण्डा आधा झुकाउने 


admin

काठमाडौँ, १८ चैत ।  नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस नेता खुमबहादुर खड्काको निधन मुलुकको राजनीतिकै लागि क्षति भएको बताउनुभएको छ ।

दिवंगत नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले नेताको खड्काको असमायिक निधनले काँग्रेसलाई मात्र नभई देशलाई नै ठूलो क्षति बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “नेता खड्का काँग्रेसको महान् योद्धा र देशको महान् सपूत हो । उहाँले प्रजातन्त्रका लागि आजीवन संघर्ष गर्नुभयो ।” सभापति देउवाले यस दुःखद् घडीमा नेता खड्काको आत्माले शान्ति पाओस् भन्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।

पार्टी केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथा पूर्वमन्त्री खड्काको उपचारका क्रममा शुक्रबार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो । उहाँ मिर्गौला र छातीको संक्रमणबाट पीडित हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीरलाई शनिबार राति नेपाल ल्याई ललितपुर, सानेपास्थित उहाँकै निवासमा राखिएको छ । उहाँको पार्थिव शरीरलाई आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँ नेपालको लकेतान्त्रिक आन्दोलनको सबल योद्धा र काँग्रेसको लागि सशक्त खम्बाका रुपमा रहनुभएको बताउनुभयो ।

“उहाँबाट युवाले ठूलो प्रेरणा पाएका थिए, उहाँको निधन काँग्रेसको लागि मात्र होइन मुलकको लोकतान्त्रिक आन्दोलनका लागि अपूरणीय क्षति हो”–वरिष्ठ नेता पौडेलले भन्नुभयो । नेता खड्काको अनुपस्थितिको अभाव र रिक्तता सधैँ खड्किने बताउँदै वरिष्ठ नेता पौडेलले उहाँको सपना साकार पार्न अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेता खड्कालाई सानो उमेरमा काँग्रेसको राजनीतिमा लागेको र ठूलो संघर्ष गरेको व्यक्तिका रुपमा सम्झनुभयो । नेता खड्काले प्रजातन्त्रका लागि लामो समयसम्म निर्वासन तथा जेल जीवन बिताउनुभएको स्मरण गर्दै केन्द्रीय सदस्य बस्नेतले भन्नुभयो, “विसं २०३३ मा उहाँ फाँसीको सजाय र सर्वस्वहरणको मुद्दासमेतको परवाह नगरी प्रजातन्त्रका लागि स्वदेश फर्कनुभएको थियो ।”

नेता खड्का लोकतन्त्रका लागि जस्तोसुकै जोखिम लिनसक्ने र आफ्नो निर्णयमा अडिग रहने नेताका रुपमा परिचित रहेको नेता बस्नेतको भनाइ थियो ।

स्व खड्कालाई शोक सलामी 

पार्टी कार्यालयमा नेकपा (एमाले) नेता सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, काँग्रेसका नेता तथा सयौँ कार्यकर्ताले नेता खड्काको पार्थिव शरीरमा पुष्प गुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

त्यसअघि बिहान ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर पनि सभामुख कृष्णबहादुर महरा, काँग्रेसका नेता तथा कार्यकर्ता र विभिन्न दलका नेताले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्न देशभरिबाट काँग्रेस कार्यकर्ता काठमाडौँ आइपुगेका थिए । काँग्रेस नेता खड्का कार्यकर्तामाझ निकै लोकप्रिय नेताका रुपमा चिनिनुहुन्थ्यो ।

नेता खड्काको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । स्व खड्कालाई उहाँका सुपुत्र अनुरागले दागबत्ती दिनुभएको थियो । नेता खड्काको सम्मानमा सशस्त्र प्रहरी बलको एक टुकुडीले शोक सलामी अर्पण गरेको थियो ।

यही चैत ९ गतेदेखि निर्वाचन समीक्षा गर्न जारी काँग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ बजे बस्ने भनिएको साताँै दिनको बैठक स्व खड्काप्रति सम्मान प्रकट गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ ।

काँग्रेसले पार्टीको झण्डा आधा झुकाउने 

नेपाली काँग्रेसले दिवंगत नेता खुमबहादुर खड्काप्रति शोक प्रकट गर्दै सात दिनसम्म केन्द्रलगायत पार्टी मातहतका सबै कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले काँग्रेसका नेता एवं केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथा पूर्वमन्त्री खड्काको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

दिवंगत नेता खड्काको निधनमा यही चैत १८ देखि २२ गतेसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भ्रातृ, शुभेच्छुक एवं विदेशस्थित जनसम्पर्क समितिका कार्यालय बन्द गर्नेे तथा शोक÷श्रद्धाञ्जलिका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

नेता खड्काको चैत १६ गते साँझ ५ः१५ बजे नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पार्टीका संस्थापक बिपी कोइरालाको प्रेरणाबाट विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील नेता खड्काले बिपी कोइरालासँगै लामो समय भारतमा निर्वासित जीवन बिताउनुभएको थियो ।

नेता खड्का बिपीसँगै राष्ट्रिय एकता र मेलमिलापको नीतिअन्तर्गत २०३३ पुस १६ गते स्वदेश फर्कनु भएको थियो । आफ्नो आस्था र विश्वासका लागि जुनसुकै बलिदान गर्न तत्पर दिवंगत नेता खड्का पार्टीका नेता गणेशमान सिंह, सुर्वणशम्शेर, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक आन्दोलनमा जीवनपर्यन्त क्रियाशील रहनुभयो ।

नेता खड्काको निधनले काँग्रेस र सिंगो मुलुकलाई अपूरणीय क्षति पुगेको काँग्रेसले ठहर गरेको छ । दिवंगत नेता खड्काको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति काँग्रेसले उच्च सम्मान प्रकट गरेको छ ।

नेता खड्काको निधनको १३ औँ दिनमा काँग्रेसले केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भत्ताबापत आउने रकम शिक्षा र सामाजिक क्षेत्रमा खर्च गर्ने झिमरुक गाउँपालिका अध्यक्षको घोषणा

प्युठान, ६ जेठ । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर एमसीले आफूले राज्यबाट पाउने तलब भत्ता नलिने घोषणा गरेका छन् । शुक्रबार गाउँपालिका कार्यालयमा सपथ ग्रहणपछि

दशकौंदेखि नेकपा एमालेको गढ रहेको रुरु क्षेत्रमा पूर्व मुख्यसचिवको सहयोगमा यदुको उदय

गुल्मी, ६ जेठ । दशकौंदेखि नेकपा एमालेको गढको रुपमा परिचत रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवा नेता यदु ज्ञवाली विजयी भएका छन् । ज्ञवाली

कलैया उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

काठमाडौं, ६ जेठ । नेकपा एमालेले बारास्थित कलैया उपमहानगरपालिकाको मेयर–उपमेयर दुवै पदमा विजय हाँसिल गरेको छ।सत्तारुढ चार दलीय सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेले २०७४ को

सम्बन्धित

दाङका ९ पालिकाका नवनिर्वाचित प्रमुखले लिए सपथ

विष्णु पौडेलको वडामा ३० वर्षपछि कांग्रेसका उम्मेदवार विजयी

भेटिएको मतपेटिका खोलेर मतगणना गर्दा माओवादी उम्मेदवारले नै बाजी मारे

दुई पालिकाको नेतृत्वमा महिला

गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

एमालेले के सोचेको थियो, के भयो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...